१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दक्षिण एसियाली राष्ट्रहरूले छलफल गर्ने साझा मञ्च हाे सार्कः अध्यक्ष वैद्य

काठमाडौँ–  सार्क चेम्बरका अध्यक्ष सुरज वैद्यले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मञ्चलाई मुलुकको हितमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

सार्क दिवसका अवसरमा बिहीबार काठमाडाैंमा आयोजित कार्यक्रममा अध्यक्ष वैद्यले सार्कको अध्यक्ष राष्ट्र नेपाल, नेपालकै महासचिव र चेम्बरको अध्यक्ष पनि नेपालबाटै भएको वर्तमान अवस्था मुलुकका लागि महत्वपूर्ण भएको बताए।

उनले सार्कमा विभिन्न चुनौती र समस्या भए पनि यस क्षेत्रका राष्ट्रप्रमुख र सरकार प्रमुखले भेटघाट तथा छलफल गर्ने साझा मञ्चका रुपमा सार्कको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

कार्यक्रममा चेम्बरका सदस्य राजेन्द्रमान शेरचनले चेम्बर यस क्षेत्रका सदस्य राष्ट्रको आर्थिक र राजनीतिक क्षेत्रलाई निजी क्षेत्रसँग जोड्न प्रयासरत रहेको बताए।

सन् १९९१ मा स्थापित चेम्बर यस क्षेत्रका सदस्य राष्ट्रको उद्योग वाणिज्य क्षेत्रको साझा मञ्च हो । सदस्य राष्ट्रबाट तोकिएको व्यक्तिले आलोपालो रुपमा प्रत्येक दुई वर्षमा चेम्बरको अध्यक्षता गर्दै आएका छन् ।

सन् १९८५ डिसेम्बर ८ अर्थात आजकै दिन स्थापना भएको सार्कको विभिन्न कार्यक्रमका साथ ३२ औँ स्थापना दिवस मनाइएको छ । रासस

प्रकाशित: २३ मंसिर २०७३ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App