७ वैशाख २०८१ शुक्रबार
समाज

बाल अधिकार हनन बढदै गएको तथ्यांक सार्वजनिक

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा बाल अधिकार हननकाे घटना बढदै गएको तथ्यांक सार्वजनिक गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले नेपालमा वर्षेनी बाल अधिकार हनन्को घटना बढदै गएको जानकारी दिएकी हुन्।

उनले हाल २ हजार ३ सय ३० जना बालबालिका हराईरहेको उल्लेख गर्दै उनीहरुको अवस्थाबारे सरकार समेत बेखवर रहेको पनि स्पष्ट पारिन। नेपालमा हाल २ हजार ३ सय ३० जना बालबालिका हराईरहेको हाम्रो अध्ययनले देखाएको छ,’ मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भनिन् ‘तर यसबारे सरकार पूरै बेखबर छ।’ यसबारे गैरसरकारी संस्थाहरुले पनि वास्ता नगरेको आयोगको निष्कर्ष छ।

आयोगले बाल अधिकार हनन्को घटना हुन नदिन अर्बौैको डलर देश भित्रयाएको सरकार उनीहरुको दयनीय अवस्थाबारे बेखर हुनु दुःखद् भएको टिप्पणी पनि गरेको छ। आयोगकी प्रवक्ता अन्सारीले सरकारसँग बाल अधिकार हनन्का घटनाबारे कुनै जानकारी नै नभएको पनि बताए।

प्रकाशित: ३ मंसिर २०७६ १२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App