coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

धादिङ- त्रिशुली नदिमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। जिल्लाको गजुरी गाउँपालिका वडा नं. २ चालिसे स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो।

गत शनिबार पौडी खेल्न त्रिशुली नदिमा गएका भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं ५ कटुन्जे बस्ने ३७ वर्षीय विकल छवाले श्रेष्ठको बेपत्ता भएका थिए।

पौडी खेलेको स्थानदेखि एक किमी उत्तर तर्फ नदीको बिचमा ढुङगामा अड्किएको अवस्थामा मंगलबार बिहान फेला पारिएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिए। उद्धारका लागि  नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी सहितको टोली खटिएका थिए।

 

प्रकाशित: ३ मंसिर २०७६ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App