१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अहिले संविधान संशाेधन हाेइन कार्यान्वयनको बेला होः महतो

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद शत्रुधन महतोले संविधान संशोधनको विपक्षमा आफूहरु नभएको स्पष्ट पारेका छन्।

नेता महतोले संविधान संशोधन प्रस्ताव तत्काललाई स्थगित गरेर वा फिर्ता लिएर सबै दलहरुको सहमतिमा मधेशी मोर्चाको माग सम्बोधन गर्ने गरी संशोधन गर्नुपर्ने बताएका हुन्।

‘अहिले संविधान कार्यान्वयन गर्ने बेला हो,’ बिहीबार रिपोर्टर्स क्लबमा उनले भने, ‘यस्तो बेला कार्यान्वयन गर्न छोडेर संशोधनको कुरा किन गरिँदैछ?’

महतोले एमाले संविधान संशोधन गर्नै नहुने भन्ने पक्षमा नरहेको बताए।

‘संविधान संशोधन गर्नै हुँदैन भन्ने पक्षमा हामी छैनौं,’ उनले भने, ‘तर अहिले संशोधनको आवश्यकता हो कि होइन भन्ने कुरा हो, अहिले संविधान कार्यान्वयन गर्ने बेला हो।’

संविधान कार्यान्वयन गर्नको लागि दलहरु मिल्नुको विकल्प नभएको भन्दै प्रमुख दल नेपाली काँग्रेसले सहमतिको राजनीति तोडेको उनले आरोप लगाए। महतोले काँग्रेसले पहिलो पटक संशोधन गर्दा पनि आफ्नो पार्टीसँग यो नै अन्तिम संशोधन हो भनेर प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै भने, ‘पहिले पनि काँग्रेसले दुई वटा विषयमा संशोधन गर्दा सबै समस्या हल हुन्छ, अब संविधान कार्यान्वयन गर्नेतिर जानुपर्छ भनेको थियो, तर अहिले फेरि संशोधनको कुरा गरिँदैछ।’

उनले अहिले संशोधन माग गर्ने मधेश केन्द्रित दल नै प्रस्तावको पक्षमा नभएकोले प्रस्तावलाई जबरजस्ती अघि बढाउने काम गर्न नहुने बताए। महतोले भने, ‘अहिले सरकारले संशोधन प्रस्ताव स्थगित् गरोस, नभए फिर्ता लिनुपर्यो, त्यसपछि सबै बसेर समस्याको समाधान हुने गरी संशोधन गरौंला, हामी पनि संशोधन गर्नै हुँदैन भन्ने पक्षमा छैनौं ।’

मधेशीलगायत आदिवासी, जनजातीहरुको माग पूरा गराउनको लागि संशोधन प्रस्तावलाई राष्ट्रिय एजेण्डा बनाउनुपर्नेमा उनले जोड दिए । ‘अब एकचोटि अन्तिम पटकको लागि संशोधन गरौं ताकि समस्याको समाधान होस्।’

प्रकाशित: २३ मंसिर २०७३ ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App