जसले जहाजलाई बाटो देखाउँछन्

मङ्गलबार, ०३ मङि्सर २०७६, १४ : ०६ विनोद देवकोटा  | @devkotasadhak

काठमाडौं — विद्यालय जाँदै गर्दा विद्यार्थीलाई सोधिने 'कमन' प्रश्न हो, 'ठूलो भएपछि के बन्छौ ?' बाल मनसपटलबाट अनके उत्तर आउने गर्छन्। समाज, परिवेश र कल्पनाका आधारमा बाल मस्तिस्कमा देखिने यस्ता सपना कति कल्पनामै सीमित हुन्छन् भने कतिले त्यसतर्फको यात्रा तय गर्छन्। सपना तुहिनु वा त्यसतर्फको यात्रा तय हुनुमा अभिभावकको पनि अहम भूमिका रहन्छ। कलिलो मष्तिस्कले बनाउने भविष्यको योजनामा जब अभिभावको पनि साथ मिल्छ अनी सुरु हुन्छ सपनाको उडान। यस्तै, ईन्जिनियर बन्ने लक्ष्य थियो पर्वत फलेवासका योगेन्द कुँवरको पनि।

गाउँकै श्री गहते अम्बोट प्राविमा वि.स. २०३३ सालबाट अक्षराम्भ गरेका कुँवरले उक्त विद्यालयबाट कक्षा पाँचसम्मको पढाई गरे। यहीँ विद्यालयमा पढ्दा हो उनले मनमा इन्जिनियर बन्ने सपना सजाएको। शिक्षित परिवारका जन्मे हुर्केका कुँवरले त्यसपछिको अध्ययन भने आफ्नै बाबाले अध्यापन गराउने श्री भवानी विद्यापिठ माविबाट गरे। २०४८ सालमा सोही विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उतिर्ण गरेपछि सुरु भयो उनको लक्ष्यतर्फ अघि बढ्ने यात्रा। त्यसपछि उनी निस्किए बाल मानसपटलमा देखेको सपनाको उडान भर्न काठमाडौं। शिक्षित र आर्थिकरुपमा पनि  सबल परिवारमा हुर्केका कुँवरलाई काठमाडौंको यात्रा तय गर्न आमाबाबुले पनि साथ दिए। बाबाको सपना पनि थियो छोरो इन्जिनियर बनोस् भन्ने।

‘आमाबुवाको पनि सोचाई, मेरो पनि सपना’ उनले भने, ‘त्यसपछि म काठमाडौंको इन्जिनियरिङ अध्ययन संस्थान थापाथलीमा वि.सं.२०४९ सालमा अटोमोबाइल ईन्जिनियरिङ्ग शंकायमा भर्ना भए।

कतिपयलाई लाग्न सक्छ आकासमा उड्ने हवाइजहाज पाइलटले जता पनि उडान पाउँछ । तर वास्तविकता भने त्यस्तो होइन। जहाजको पनि उड्ने निश्चित मार्ग हुन्छ। निश्चित नियम हुन्छ। जुन एटीसीले निर्धारण गर्छ। 

ईन्जिनियरिङ्को अध्ययन सकिए पछि उनी पनि अरु जस्तै जागिरको खोजीमा लागे। त्यही क्रममा उनको आँखा गयो पत्रिकामा छापिएको एउटा विज्ञापनमा। विज्ञापन थियो नेपाल नागरिक उड्यन प्रशिक्षण प्रतिष्ठानको। त्यही विज्ञापनले उनको बाटो मोडियो। अटोमोबाइलमा इन्जिनियरिङ गरेका कुँवर सिनामंगलमा एयर ट्राफिक कन्ट्रोल (एटिसी)को एक वर्षे तालिम लिए। जसको काम थियो आकासमा उडिरहेको जहाजलाई निर्देशन दिने।

२०५३/०५४ साल तिरको कुरो हो। हवाइजहाज वा हेलिकप्टरमा पाइलट नै सबै हो भन्ने आम धारणा थियो। अहिले पनि कतिपयमा त्यो धारणा छ। उनले भने, ‘एटिसी भन्या के हो र यसले कसरी काम गर्छ भन्ने विषयमा धेरै मानिस अनविज्ञ थिए।’

तालिमपछि उनको बाटो त्यसतर्फ मोडियो। एक वर्षे तालिमपछि सुरु भयो उनको जागिरे यात्रा। तालिमले मात्रै पुग्दैन थियो जागिर खान। लोकसेवा आयोगको विज्ञापनमार्फत उनले नाम निकाले र सुरु भयो एटीसीको जागिरे जीवन। अब उनी पुगे टावरमा बसेर जहाजलाई निर्देशन दिने ठाउँमा। 

जगिरे अनुभव सुनाउनुअघि उनले एटीसीबारे बुझ्नुपर्ने बताए। 

एटीसी, यसले कसरी काम गर्छ?

‘कन्ट्रोल रुपमा बसेर पाइलटलाई विमानस्थल, पार्किङ्ग एवं धावनमार्ग हुँदै आकासमा उड्ने बाटो देखाउँदै सम्बन्धित विमानस्थलमा सुरक्षित अवतरण गराउन निर्देशन दिने मानव संशाधन नै एयर ट्राफिक कन्ट्रोलर (एटीसी) हो। कतिपयलाई लाग्न सक्छ खुला आकाशमा विमान जता उडाएपनि हुन्छ होला। सबै कुरा पाइलटले नै निर्धाण गर्छ होला।

तर, बास्तविकता भने त्यस्तो होइन। ‘आकासमा कहाँ उड्ने, कहाँ अवतरण गराउने, कसरी उड्ने भन्ने पाइलटले मात्रै निर्धारण गर्दैन। विमानको पनि एउटा निश्चित मार्ग हुन्छ। त्यो मार्ग निर्धारण एटीसीले गर्छ।’ उनले सुनाए।

विमानस्थलबाट विमान ‘टेकअफ’देखि आकासमा उड्ने र ‘ल्याण्डिङ’सम्म एटीसीकै निर्देशनमा हुन्छ। प्रत्येक विमानस्थलका आ–आफ्नै नियम र सीमा हुन्छन्। कुन विमान कति बेला कुन ठाउँबाट उड्ने, कुन रुटमा जाने, कहाँ अवतरण गर्ने यो सबै एटीसीकै निर्देशनमा हुन्छ।

विमान उड्नुअघि एउटा हवाई उडान तालिका आउँछ। जसमा कति बजे उड्ने, कुन फ्लाइट, कुन नियममा, कुन रुटमा, कति उचाई, कति फ्यूल बोकेर, कति समय लाग्छ आदि? यो सबै हवाई उडान तालिका एटीसीले स्वीकृत गरेपछि मात्र उडान शुरु गर्ने अनुमति एटिसीले प्रदान गर्दछ। 

१८ वर्षदेखि कार्यरत एटीसी प्रबन्धक कुँवरका अनुसार हवाई मार्गमा पाइलटलाई विमान उडाउन एटीसीले हरतरहले सघाउँछ। प्राधिकरणले निमार्ण गरेको हवाईमार्गका आधारमा एटीसीले पाइलटलाई गाइड गर्छ। त्यो मार्गमा सुरक्षित उडानका लागि पाइलट र एटीसीले निरन्तर सहकार्य र सम्पर्क गर्छन्।

विमान उडेपछि विभिन्न विमानस्थलको रुटअनुसार विभिन्न  रिपोर्टिङ पोइन्टहरुमा  अनिवार्यरुपमा पाइलटले एटीसीलाई रिर्पोट गर्नु पर्दछ। एउटा विमानस्थलको सीमा समाप्ती पश्चात अर्को विमानस्थलको स्थापित रिर्पोटिङ पोइन्टहरुमा एटीसीको निर्देशन बमोजिम हरेक पाइलटले आफ्नो जहाजको अवस्था र उचाई दिने गर्दछन्। ‘हरेक रुटमा निश्चित रिपोर्टिङ प्वाइन्ट हुन्छन,’ एटीसी प्रबन्धक कुँवर भन्छन्। जस्तो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धार्के कम्पलसरी रिपोर्टिङ प्वाइन्ट हो। एटिसीको सानो गल्तीले ठूला दुर्घटना हुनसक्छन्। त्यसमा सँधै सचेत र सावधानी अपनाउनै पर्छ। जव टावरमा बसिन्छ त्यो बेला सयौँ मानिसको जीवनको जिम्मेवारी बोकेर काम गर्नुपर्ने हुन्छ।

विमान उडाउने, बसाउने, होल्डिङ गर्ने, उचाई नियन्त्रण गराउने, दिशा परिवर्तन गराउने, मौसम सम्बन्धी विवरणको जानकारी दिने, समय सापेक्षिक सुरक्षित हवाई उडान सम्बन्धी आवश्यक सूचनाहरु सबै एटीसीकै निर्देशनमा हुन्छ। कहिलेकाहीँ आकासमा उडान समयमा जहाजमा केही समस्या आयो भने सो समस्यालाई निराकरण गर्ने आवश्यकीय हवाई निर्देशन दिने काम पनि एटीसीले नै गर्दछ।

केही स्थानमा एटीसीले नियन्त्रण गर्ने र केही ठाउँमा पाइलटले आफ्नो विवेकले उडान गर्ने गर्छ। विशेष गरी हिमाली पहाडी यरियामा यो लागु हुन्छ। विमानस्थलबाट उडेपछि मुख्य रुट र विमानस्थल सीमासम्म जहाज पुर्‍याउने र अवतरण गराउने अवस्थासम्म एटीसीले नै गाइड गर्छ। आन्तरिक तथा अन्तराष्ट्रिय सम्पूर्ण उडानहरुमा प्राय यही नियम लागु हुन्छ।

२०५८ तिर जागिर सुरु गरेका कुँवर दर्जनौ विमानस्थलहरुमा सक्रिय एटिसीको कार्य गर्दै हाल एटिसी प्रबन्धकको रुपमा नेपाल नागरिक उड्यन कार्यालय नेपालगन्जमा कार्यरत छन्।

नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंदेखि पोखरा, पूर्वमा लुक्लादेखि, पश्चिममा जुम्लासम्म कार्यरत कुँवरसँग तिता मिठा धेरै अनुभव छन्। 

लुक्ला विमानस्थलमा कार्यरत हुँदा कहिलेकांही अत्यन्तै दबाव झेल्नु परेकोदेखि दुर्घटनाको मुखबाट सफलता पूर्वक हवाई अवतरण गराएको उनी सम्झन्छन्।

लुक्ला विमानथलमा कार्यरत हुँदा उनले यस्तो दबाव पनि खेप्नु पर्यो। उनी सुनाउँछन्, ‘आम मानिसको धारणा के हुन्छ भने जसरी पनि जहाज उड्नुपर्छ। पिक सिजन, सेप्टेम्बर, नोभेम्बर, डिसेम्बर, मार्च, अप्रिल र मे तिर हिमालमा विदेशी पर्यटकहरुको भिड लाग्छ। त्यति बेला एयरलाइन्स, अपरेटर र स्वयं यात्रुहरुको पनि प्रेसर खेप्नुपर्छ।’ उनी भन्छन्, ‘जहाजको उडान अनुमति दिन धेरैठाउँबाट दबाव आउँथ्यो।’ उक्त सिजनमा एकै दिन १ सय २० वटासम्म उडान गरेको अनुभव छ उनीसँग। तर जति नै दबाव आए पनि नियमभन्दा बाहिर गएर उनले कुनै उडान भर्ने अनुमति नदिएको सुनाए।

‘सबै कुरा ठिकठाक नभई उडान अनुमति दिनु भनेको दुर्घटना निम्त्याउनु हो। यस्तो रिस्क एटीसीले कहिल्यै पनि लिदैन र लिनु पनि हुँदैन।  मैले कहिल्यै त्यसरी उडान अनुमति दिइँन।’

त्यस्तै अर्को सुखद अनुभव पनि छ उनीसँग। पोखरा एयरपोर्टमा कार्यरत हुँदा (२०७५ सालमा) एयरपोर्टबाट १२ नटिकल माइल टाडा पोखरा विमानस्थलको उत्तरपूर्वी क्षेत्रको कार्चुङ भन्ने ठाउँमा एउटा पर्वतीय उडान गरेको जहाजको दुइटै इन्जिन फेल भएको कुरा पाइलटले रिपोर्ट गरे। दुइटै इन्जिन फेल हुनु भनेको आपतकालिन अवस्था हो। यस्तो बेला तत्कालै सही निर्णय र सावधानी अपनाउन सकिएन भने जे पनि हुनसक्छ।

तर ‘जहाज निश्चित दुरीसम्म एयर ग्लाइडिङ गरेर उड्न सक्ने हुन्छ। हवाको वेग र दिशा हेरेर निश्चित दुरीसम्म जहाज उड्न सक्छ। सोहीअनुसार हावाको वेग र दिशालाई मध्यनजर राख्दै उक्त जहाजलाई छोटो दुरी पर्ने गरी अवतरण गराउन सफल भए कुँवर।

सेड्युलमा भएका अरु सबै जहाजलाई होल्ड गराई उक्त जहाजलाई पहिलो प्राथमिकतामा राखेर सफलतापूर्वक अवतरण गराएको सम्झिदैँ उनले भने, ‘त्यो बेला निकै खुसी लाग्यो। पाइलट र यात्रुहरु पनि खुसीले गदगद भए।’

यस्ता अनेकौं अनुभव संगालेका कन्ट्रेल रुपमा बसेर आकासका विमानलाई दिशानिर्देश गर्ने कुँवर खेल र घुमफिरमा पनि रुचि राख्छन्। नेपालका अधिकांश पर्यटकीय स्थल भ्रमण गरी सकेका कुँवर विभिन्न शिलशिलामा अमेरिका, क्यानडा, सिंगापुर, थाइल्याण्ड लगायत देशमा पनि घुमेका छन्। फुर्सदको समयमा उनी भलिबल खेल्ने गरेको सुनाउँछन्।








यसमा तपाईको मत

अन्य समाचार

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर...

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी...

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंकले भिसा वल्र्डवाइड प्रा.लि.सँग सम्झौता पत्रमा हस्ताक्षर गरी नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ।

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ...

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

अन्तर्राष्ट्रिय प्रविधि समूह एन्ड्रिजले चौथौ सेवाग्राही दिवस सम्पन्न गरेको छ । ...

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकमले पोखरा प्रिमियर लिग (पिपिएल) को सह–प्रायोजक गरेको छ । ...

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक लि. र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १३, जावलाखेलस्थित जावलाखेल युवा क्लब विच प्रभु बैंक लि. जावलाखेल...

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको...

Ncell Footer Ad