coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न सरकारसँग माग

काठमाडाैँ – सबै नागरिकलाई सार्वजनिक शौंचालयको उचित व्यवस्था गर्न सरकारसँग माग गर्दै नेपालमा पनि सातौं विश्व शाैचालय दिवस मनाइएको छ । दिवस मनाउने क्रममा काठमाडौंको बसन्तपुरमा मंगलबार बिहान प्रभातफेरीसहितको कार्यक्रम आयोजना गरिएकाे हाे ।

दिवस मनाउने कार्यक्रममा नागरिक समाजका अगुवाहरुले सबै नागरिकलाई शौचालयको उचित व्यवस्था गर्न सरकारसँग मागसमेत गरेका छन् ।

मुलुकलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेको सरकारले त्यसलाई कार्यान्वयनमा लैजान सबै नागरिकका लागि प्रयोगमा आउने गरी सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न माग गरेका हुन ।

नागरिक समाजका अगुवा एवम् पूर्व मन्त्री गणेश साहले महिला र अपांगलगायतका सबै नागरिकका लागि आवश्यक सार्वजनिक शौचालयको व्यवस्था गर्न सरकारसँग माग गरे। उनले वातावरण प्रदुषण हुन नदिन दिसापिसावहरुको प्रशोधन गर्ने उपयुक्त प्रणालीको विकासमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए ।

प्रभातफेरीमा सहभागी भएकाहरुले शौंचालयको सफाईमा जोड दिन आह्वान गरिएको प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए । नागरिकको स्वास्थ्यको लागि पनि शौंचालयको सफाईमा जोड दिनुपर्ने भएकाले घरघरमा शौंचालयको सफाई गर्न जोड दिँदै यस वर्षको विश्व शौचालय दिवस मनाइएको काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभाका सांसद जीवनराज श्रेष्ठले जानकारी दिए ।

सरकारले गत असोज १३ गते मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेपनि त्यसका लागि आवश्यक सार्वजनिक शौंचालयको व्यवस्था नगरेकोमा नागरिक समाजका अगुवाहरुको असन्तुष्टि छ ।

नेपालमा खासगरी सहरी क्षेत्रमा सार्वजनिक शौंचालयको उचित व्यवस्था नहुँदा बटुवा र यात्रुको चर्को समस्या झेल्नु परेको छ । विश्वमा सन् २००१ देखि चलेको शौंचालय निर्माणको अभियानको महत्वलाई आत्मसात गर्दै संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि नोभेम्बर १९ अर्थात् आजको दिनलाई विश्व चर्पी दिवसको रुपमा मनाउन थालिएको हो । यस वर्ष शौचालयको प्रयोगमा कोही पनि नछुटाउँ भन्ने मूल नाराका साथ विश्व शौचालय दिवस मनाइएको छ ।

 

प्रकाशित: ३ मंसिर २०७६ ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App