coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘उपनिर्वाचनमा सरकारविरूद्ध जनमत’

पाँचथर – काण्ड नै काण्ड मच्चाउने वर्तमान सरकार अधिनायकवादतर्फ ढल्किँदै गएकाले हुन लागेको आसन्न उपनिर्वाचनमा सरकारविरूद्ध जनमत तयार गर्न आवश्यक रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्।

कम्युनिस्टको शासन असफल भइसकेकोले देशभर कम्युनिस्टका उम्मेदवारलाई हराएर सन्देश दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। पूर्वको भ्रमणमा निस्किएका पौडेलले सोमबार नेपाली कांग्रेस फिदिम वार्ड न. १ ले फिदिम बजारमा आयोजना गरेको चुनावी कोणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

‘कम्युनिस्ट पार्टीले जनताले दिएको मतको दुरूपयोग गरेको छ। यसपल्ट सवक सिकाउन आवश्यक छ। विकास र समृद्धिको बाटो भक्तिन थालेको छ। यो एउटा व्यक्तिको चुनाव मात्र हैन गलत काम गर्न नदिन जनमत सिर्जना गर्ने अवसर हो’, पौडेलले भने, ‘कम्युनिस्टले न्यान दिन सकेन। पक्षपाती व्यवहार भयो। लगानीकर्ता, दाताहरू भाग्न थालेको यो अवस्था छ। कम्युनिस्टका उम्मेदवारलाई हराएर सन्देश दिन आवश्यक छ।’

कोणसभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले कम्युनिस्ट नभई ‘कमाउ–निस्ट’ पार्टीतर्फ उन्मुख भएको आरोप लगाए। सरकारले काण्डै–काण्ड मच्चाएको दाबी गर्दै पाण्डेले जनताले लोकतन्त्रको सुखद् अनुभूति गर्न नपाएको बताए। कोणसभालाई जिल्ला सभापति नरेन्द्रकुमार केरूङलगायतले सम्बोधन गरेका थिए।

पूर्वी पहाडको भ्रमणमा निस्किएका पौडेलसहितको टोलीले सरकारको चर्को आलोचना गरिरहेको छ। सिमानाको विषयमा तत्काल विशेष पहल चाल्नुपर्ने नेताहरूले बताउँदै आएका छन्। इलामको सभा सम्बोधन गरेर पाँचथरको गाउँपालिकाको प्रमुखको निर्वाचन हुन लागेको फाल्गुनन्द गाउँपालिकामा पुगेर चुनावी सभालाई सम्बोधन गरेका थिए। पाँचथरको हिलिहाङको कार्यक्रम सहभागी भएर ताप्लेजुङमा पुगेका थिए। सोमबार नै तेह्रथुमको आठराईमा आयोजना भएको आमसभालाई पौडेलले सम्बोधन गरेका थिए।

प्रकाशित: ३ मंसिर २०७६ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App