coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाललाई धनगढीमा कालो झण्डा

धनगढी–प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिहीबार धनगढीमा एमाले कार्यकर्ताले कालो झण्डा देखाएका छन्। कैलालीको भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको  बिरोधमा एमाले  निकट युवा संघ नेपाल र अनेरास्ववियुले दुई दिनदेखि धनगढी बन्द गरेका छन्। भारतको इशारामा राष्ट्रहित बिपरित संविधान संसोधनको प्रस्ताव ल्याएको भन्दै उनीहरुले प्रधानमन्त्रीको विरोध गरेका हुन्।

बन्द गराएका एमाले काकार्यकर्ताले बिहीबार विहान सुरक्षाकर्मीलाई छक्याउदै प्रधानमन्त्रीलाई नजिकैबाट कालो झण्डा देखाएका हुन्। प्रधानमन्त्री दाहाल साथी होटलबाट पार्टी कार्यकर्ता प्रशिक्षणका लागि कैलालीको गेटा जाने क्रममा एलएन चोकमा रहेका कार्यकर्ताले गाडी नजिकै अगाडिबाट कालो झण्डा देखाएका हुन्। युवासंघ नेपालका केन्द्रीय सदस्य मदन रेग्मी र अनेरास्ववियु कैलालीका अध्यक्ष चुडामणि भट्राईको नेतृत्वमा कालो झण्डा देखाएका हुन्।

सडक छेउमा बाक्ला सुरक्षाकर्मीले घेरा हालेका भएपनि लुकाएर राखेको कालो झण्डा खल्तीबाट निकालेर प्रधानमन्त्रीको गाडी नजिकै देखाएका थिए । प्रधानमन्त्रीको गाडी नजिकै कालो झण्डा देखाएपछि गाडीमा रहेका प्रधानमन्त्रीका सुरक्षा गार्डले झ्यालबाट टाउको बाहिर निकालेर छेक्न खोजेका थिए।

प्रधानमन्त्री  दाहाल कैलालीमा रहेकाले उनको बिरोध तथा प्रहरी दमनको बिरोधमा बिहीबार पनि शिक्षा र स्वास्थ्य बाहेक  धनगढी बन्द गरिएको एमाले कैलालीका सचिव रणबहादुर चन्दले बताए । बुधबार पनि उनीहरुले बन्द गरेका थिए । बन्दले धनगढीको जनजिवन प्रभावित भएको छ ।

यतायात बन्द छ भने बजार सुनसान छ। शैक्षि संस्था खोल्न दिएपनि  अधिकाशं शैक्षिक संस्था बन्द गरिएका छन्। शसस्त्र प्रहरी र नेपाल प्रहरीका हजार भन्दा बढी सुरक्षार्थ परिचालन गरिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कडा सुरक्षा व्यवस्था अपनाइएकोले कुनै अप्रिय घटना नघटेको र अवस्था समान्य उनले जनाए।
 

प्रकाशित: २३ मंसिर २०७३ ०८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App