७ वैशाख २०८१ शुक्रबार
राजनीति

फोरमका पाँच केन्द्रीय सदस्य सहित ९२ एमाले प्रवेश

काठमाडौं— विभिन्न पार्टी परित्या गरी ९२ जना नेकपा एमाले प्रवेश गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरे।

‘पैसा नखाई यो सरकारले भूकम्पपीडितलाई राहत समेत दिँदैन। प्रधानमन्त्री र अर्थमन्त्री भेटे म उनीहरुलाई यो कुरा भनिदिने छु।’

एमाले प्रवेश गर्नेमा संघीय समाजवादी फोरम नेपालका पाँच केन्द्रीय सदस्य पनि छन्। संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बोगटी, टोपबहादुर ओली, प्रकाश अधिकारी, ओमकृष्ण प्रसाई, राजेन्द्रप्रसाद खनाल एमाले प्रवेश गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सरकारको कडा शब्दमा आलोचना गरे। तत्काल निर्वाचन मिति घोषणा गर्न माग गर्दै उनले भने, ‘पैसा नखाई यो सरकारले भूकम्पपीडितलाई राहत समेत दिँदैन। प्रधानमन्त्री र अर्थमन्त्री भेटे म उनीहरुलाई यो कुरा भनिदिने छु।’

संविधानले निर्वाचनमा जान नरोकेको उनले बताए।

 

प्रकाशित: २३ मंसिर २०७३ ०८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App