७ वैशाख २०८१ शुक्रबार
राजनीति

सीमांकनको नाममा लुम्बिनी कब्जाको भारतीय योजना: पोखरेल

भक्तपुर–नेकपा एमालेका नेता एवं पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले सीमांकनका नाममा लुम्बिनी भारतले कब्जाको रणनीति बनाएको आरोप लगाएका छन्। ७० वर्षदेखिको भारतको प्रयास अहिले आएर सफल हुन लागेको उनको भनाइ छ।

रफत सञ्चार क्लबले बिहीबार आयोजना गरेको साक्षात्कारमा पोखरेलले नेपालीको चाहनामा भन्दा पनि भारतको इशारामा पाँच नम्बर प्रदेशलाई टुक्राउँदै लुम्बिनी कब्जा गर्ने रणनीति भएको बताए।  ‘प्रतिपक्षलाई जानकारी नै नदिई संविधान संशोधनको प्रक्रिया संसदमा बढाइएको छ, यो नेपाल र नेपालीको हितमा छैन,’ उनले भने।

सोही कार्यक्रममा, नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले अहिलेको अवस्थामा सडक आन्दोलन जुलुस हड्ताल भन्दा पनि संसदमा आएर संशोधनका बिषयमा छलफल अगाडि बढाउनु आवश्यक रहेको बताए । छलफलबाट मात्रै समाधानको उपाय निक्लने उनको भनाइ छ।

एमाले संविधान संशोधनको पक्षमा नरहेता पनि संसदको प्रक्रियालाई अवरुद्ध नगरी संशोधनको छलफलमा गए मात्र संविधान कार्यान्वयनको पाटोले तीब्रता पाउने उनको भनाइ छ। सहकार्य र समझाैता नै संबिधान कार्यान्वयनको सफल पक्ष रहेको उनको कथन छ । संविधान संशोधनको प्रक्रियाले पूर्णता पाउन नसके तोकिएको मितिमा निर्वाचन असम्भव हुने उनले बताए।
 

प्रकाशित: २३ मंसिर २०७३ ०७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App