धार्मिक आस्था र मानसिक रोग

मङ्गलबार, ०३ मङि्सर २०७६, ०८ : ३२ डा. सुभाष पोखरेल

आँकडा मानसिक रोगीको संख्या दिनानुदिन बढ्दै गएको भन्छ। दिमागी रोगको पहिचान इकोकार्डियोग्राममार्फत मुटु र ग्लुकोज जाँच गरेर चिनीरोग पत्ता लगाएजस्तो सजिलो छैन। ‘न्यूरो इमेजिङ’ र आणुवांशिक अध्ययनमार्फत वैज्ञानिकहरूले मानसिक समस्या पहिचानमा केही प्रगति हासिल गरे पनि दिमागी समस्याको ठम्याई सहज देख्दैनन् संबन्धित क्षेत्रका अनुसन्धानकर्ताहरू। रक्त सञ्चार प्रणालीमा आएको खराबीले ‘कार्डिएक प्रोब्लम’ र चिनीको सन्तुलन बिग्रँदा ‘डायबेटिज’ ले सताएझैँ शरीरको बायोेलजीमा आएको खराबीका कारण मस्तिष्कमा समस्या आउने हो कि मानसिक पीडा बेग्ले श्रेणीको रोग हो भन्ने कुरामा वैज्ञानिकहरू विभक्त देखिए।

कोलम्बिया विश्वविद्यालयका मस्तिष्क रोग विशेषज्ञ एवं नोबल पुरस्कार विजेता एरिक कन्डेल अहिलेसम्म विज्ञानले ठोकुवा गर्न नसके पनि मस्तिष्कको बायोलोजिकल सन्तुलन बिग्रँदा दिमागी समस्या आउने ठान्छन्। जसरी आधुनिक उपकरण र परीक्षण विधि स्थापित हुनुअघि मुटुरोगको पहिचान जटिल थियो दिमागी रोगको अवस्था अहिले त्यस्तै रहेको ठान्छन उनी। विज्ञानले उपयुक्त उपकरण विकास गर्नेबित्तिकै मानसिक रोग ठम्याउने ढाँचा र इलाज विधिले उल्लेख्य सफलता हासिल गर्ने भन्छन् उनी। तर, अर्को समूहको मान्यता फरक देखिन्छ। उनीहरू ठान्छन्– शारीरिक सन्तुलनमा आएको उतारचढावका कारण दिमागी रोग नलाग्ने बरु मानसिक समस्या बेग्ले प्रकृतिको रोग हो।

कोलम्बिया विश्वविद्यालयका मस्तिष्क रोग विशेषज्ञ एवं नोबल पुरस्कार विजेता एरिक कन्डेल अहिलेसम्म विज्ञानले ठोकुवा गर्न नसके पनि मस्तिष्कको बायोलोजिकल सन्तुलन बिग्रँदा दिमागी समस्या आउने ठान्छन्।

मानिसको हरेक क्रियाकलापलाई मस्तिष्कले नियन्त्रण गर्छ। के गर्न हुने र के गर्नु खराब हो भन्ने कुराको निक्र्याेलका सन्देश मस्तिष्कले नै प्रशोधन गर्ने हो। पदीय मर्यादाको ख्याल नगरी बलात्कार गर्ने अनि घाइतेलाई अस्पताल लानुको बदला इँटाभट्टामा जलाउने कुकृत्य गर्ने व्यक्तिको दिमागी बनोट कस्तो होला भन्ने कौतुहलता कसलाई नहोला ?

प्राध्यापक एरिक कन्डेलले सोचेभैmँ दिमागी बनोट र व्यक्तिको बानी÷व्यवहारबीचको अन्तरसम्बन्ध स्थापित गर्न सके मानसिक समस्याको चुरो ठम्याउन सकिने उद्देश्यले अमेरिकी राष्ट्रपति बराक ओबामाले सन् २०१३ मा ‘ब्रेन इनिसिएटिभ्स’ को स्थापना गरे। दिमागी समस्याको जरो पहिल्याउनु उक्त संस्थाको प्रमुख लक्ष्य देखियो। तर उक्त संस्थाले अहिलेसम्म मानसिक समस्याका सम्बन्धमा धेरै प्रगति हासिल गर्न सकेन। तथापि दिमागी बेचैनीको कारक र रोगको न्यूनीकरणका सम्बन्धमा उपलब्ध अध्ययन पस्कनु यो आलेखको लक्ष्य रह्यो। 

शरीरमा ‘सेरोटोनिन’ भन्ने रासायनिक पदार्थको मात्रा उल्लेख्य हुँदा हामी खुसी अनुभूत गर्छौँ, बाँच्नुको सार्थकता देख्छौँ। अर्कोतिर उक्त केमिकलको मात्रा न्यून हुँदा हामी नैराश्य महसुस गर्छाँै, प्राण त्याग गर्नेसम्मको खराब सोच आउँछ। सेरोटोनिन जस्ता धेरै रासायनिक पदार्थ हाम्रो शरीरमा उत्पादन हुन्छन्, कुनैले हामीलाई प्रसन्न राख्छ भने केहीले मानसिकरूपले अशक्त बनाउँछन्।

बायोलोजि, मनोबैज्ञानिक तथा बाताबरणीय आयाममा सन्तुलन बिग्रदा मानशीक समस्या देखिन्छ। बायोलोजिकल कारण हेर्दा अन्य अणुवांशिक रोगझैँ पुर्खाको मानसिक समस्या सन्ततिमा सरेको देखियो। त्यस्तै बढ्दो क्रममा बच्चाको मस्तिष्क पूर्ण विकसित हुन नसके, दिमागको कुनै भाग चोटपटक लागे तथा सुक्ष्म जीवाणुका कारण ब्रेन क्षतिग्रस्त भए मानसिक समस्या आउनु अस्वाभाविक भएन। ब्रेनमा आएको खराबी संशोधन गर्न सकिए रोग ठीक हुने भएकाले तत्सम्बन्धी विशेषज्ञ सल्लाह आवश्यक देखिन्छ।

जन्मँदाको चलाख मानिसले पछिल्लो दिनमा किन सन्तुलन बिगार्छ भन्ने कुरा अनौठो छ। मस्तिष्कमा चोट लाग्दामात्र दिमागी रोग लाग्ने होइन बरु ब्रेनमा कुनै क्षति नभइकन पनि मानिसलाई मानसिक रोग लाग्छ। तथ्याङ्क हेर्दा पछिल्लो समयमा त्यस्ता मानसिक रोगीको संख्या अत्यधिक बढेको देखियो। विक्षिप्त पारिवारिक वातावरण, शारीरिक यातना, भौतिक तथा पारिवारिक क्षति, अस्वस्थ प्रतिस्पर्धा, लागु पदार्थको सेवन, अत्यधिक तनाव जस्ता मनोवैज्ञानिक तथा वातावरणीय प्रभावले पछिल्लो समयमा मानसिक रोगीको संख्या अत्यधिक बढाएको देखियो। आखिर मानिस किन नैराश्यतामा जकडिन्छ त ?

हामीलाई स्वस्थ बनाउन शरीरका अंगहरूको तदारुकता र सुसंगठनमात्र पर्याप्त हुँदैन बरु विभिन्न रासायनिक पदार्थसमेत जरुरी हुन्छ। उदाहरणका लागि ब्रेनमा रहेको सन्देश शरीरको विभिन्न भागमा पुगेपछि मात्र शारीरिक क्रियाकलाप सुचारु हुन्छ। विभिन्न कोषमार्पmत मस्तिष्कका सन्देश शरीरका विभिन्न भागमा पुग्छन् र उक्त खबर पु-याउन रासायनिक पदार्थ ‘न्युरो ट्रान्समिटर’ले महत्वपूर्ण भूमिका खेल्छ। उक्त केमिकलको उत्पादन पर्याप्त नहुँदा मानसिक रोगको सिकार होइन्छ।

त्यस्तै शरीरमा रहेका रासायनिक पदार्थहरूले हामीलाई खुसी बनाउने, नैराश्यता ल्याउने जस्ता काम गर्छन्। खुसी बनाउने रासायनिक पदार्थको उत्पादन अत्यधिक हुँदा व्यक्ति पुलकित हुनु अस्वाभाविक भएन। उदाहरणका लागि शरीरमा ‘सेरोटोनिन’ भन्ने रासायनिक पदार्थको मात्रा उल्लेख्य हुँदा हामी खुसी अनुभूत गर्छौँ, बाँच्नुको सार्थकता देख्छौँ। अर्कोतिर उक्त केमिकलको मात्रा न्यून हुँदा हामी नैराश्य महसुस गर्छाँै, प्राण त्याग गर्नेसम्मको खराब सोच आउँछ। सेरोटोनिन जस्ता धेरै रासायनिक पदार्थ हाम्रो शरीरमा उत्पादन हुन्छन्, कुनैले हामीलाई प्रसन्न राख्छ भने केहीले मानसिकरूपले अशक्त बनाउँछन्।

परीक्षण गर्दा मानसिक रोगीमा सेरोटोनिनको मात्रा सामान्य मानिसभन्दा कम देखिन्छ। तर, हाम्रो शरीरले उक्त रासायनिक पदार्थको मात्रा के सन्देशको आधारमा कति उत्पादन गर्छ भन्ने कुरा एकिन छैन। सेरोटोनिनको मात्रा शरीरमा बढाउन सके नैराश्यतामा रहेका मानसिक रोगीलाई सामान्य बनाउन सकिने सिद्धान्तका आधारमा झण्डै २ दर्जन भिन्न भिन्न ओखती बजारमा आए। औषधिहरूले बिरामीलाई बिसेक पनि पा¥यो। तर ती ओखतीले सबै रोगीलाई मानसिक शान्ति दिन असफल भयो। ५० प्रतिशत मानसिक रोगीमा औषधि निष्प्रभाव देखियो।    
समान लक्षण भएका मानसिक रोगीहरूलाई एउटै ओखती दिँदा कसैलाई पूरा ठीक हुने कसैलाई भने उन्नाइसको बीस पनि नभएको देखियो।

त्यसैले मानसिक रोग केबल एउटा समस्या नभएर विभिन्न रोगको समूहका रूपमा लिनुपर्ने देखियो। जब रोग र इलाजबीच अन्तरसम्बन्ध स्थापित गर्न असमर्थ हुन्छ तब भाग्यमा विश्वास गर्नु बाध्यता बन्छ। कसैको दिमागी रोग आपैmँ ठीक हुन्छ भने कसैमा भिन्न भिन्न प्रयोगसमेत असफल हुन्छ।

औषधि विज्ञानमा ‘प्लेसिबो इफेक्ट’ भन्ने एउटा प्रभावकारी उपचार विधि छ। उक्त विधिमा रोगीलाई औषधिको भान पारेर गैररासायनिक पदार्थ सेवन गर्न दिइन्छ। पछि बिरामीले रोगबाट यथार्थमै मुक्ति पाउँछ। ५० प्रतिशतभन्दा बढी पेटका रोगीलाई औषधिको भ्रम पारेर गैररासायनिक पदार्थ सेवन गर्दा दिँदा समस्याबाट छुटकारा पाएको देखियो। त्यस्तै सकारात्मक परिणाम अन्य रोगको हकमा पनि आयो। आखिर औषधिको भ्रममात्र पार्दा पनि मानिसलाई किन रोग ठीक हुन्छ त भन्ने कुराको कुनै जवाफ छैन। त्यस्तो अवस्थामा अदृश्य शक्तिले काम ग¥यो, भगवानले सदासयता देखाए भन्न बाध्य हुन्छ विज्ञानसमेत।

भगवान र आध्यात्मिक मान्यतामा आधारित पुरातन समाज भौतिकवादी प्रगति र धर्म विरोधी अभियानको चेपुवामा प¥यो। धर्म मान्ने मानिसको जमात घट्दै गयो। तर अचम्मको कुरा जसै भगवानमा विश्वास गर्ने मानिसको संख्या घट्दै गयो पछिल्ला दिनमा मानसिक रोगीको संख्या बढ्दै गयो। एउटा देश र भूभागमा मात्र उक्त परिदृश्य देखिएन बरु संसारभर उक्त परिपाटी पाइयो। त्यस्तो अवस्थामा धार्मिक आस्था र दिमागी समस्याबीच अन्तरसम्बन्ध रहे÷नरहेको एकिन गर्नु अनुसन्धानकर्ताको धर्म बन्छ।

संसारका धेरै विश्वविद्यालयका अनुसन्धानकर्ताले विभिन्न उमेर समुहका धर्मावलम्बी र उनीहरूको दिमागी हालतको सम्बन्ध स्थापित गर्न तथ्याड्क संकलन गर्न थाले। उनीहरूले आआफ्ना आधार इलाकाका बासिन्दाको आध्यात्मिक झुकाव र मानसिक रोगको तथ्यांक संकलन गरे अनि अनुसन्धानात्मक नतिजा प्रकाशित गरे। प्रकाशित रचनामध्ये अधिकांश अनुसन्धानले धार्मिक विश्वास र मानसिक समस्याबीच सम्बन्ध रहेको निचोड निकाले। अझ अचम्मको कुरा त हिन्दु, क्रिस्चियन, मुस्लिमलगायतका जुनसुकै धर्म माने पनि आआफ्नो मठमन्दिरमा जाने समूहका मानिसमा मानसिक समस्या औषतभन्दा निकै कम देखियो। त्यसै सन्दर्भमा एउटा समीक्षा आलेखको चर्चा सान्दर्भिक देखियो।

व्यक्तिको धार्मिक झुकाव र मानसिक स्वास्थ्यका सम्बन्धमा संसारका विभिन्न अन्वेषणकर्ताले सन् २००६ सम्म प्रकाशित गरेका ८५० अनुसन्धानात्मक अध्ययनलाई समेटेर संयुक्त राज्य अमेरिकाको ड्युक युनिभर्सिटीका अनुसन्धानकर्ता अलेक्जेन्डर मोरिरा अल्मिडालगायतका वैज्ञानिकले अनुसन्धानात्मक निचोड निकाले। प्रकाशित लेखहरूमध्ये अधिकांश नतिजाले धार्मिक क्रियाकलापमा सहभागी व्यक्तिहरू खुसी, जिन्दगीप्रति सन्तुष्ट र नैतिकरूपले मजबुतमात्र देखिएनन् बरु उनीहरूमा रक्सीलगायतका मादक पदार्थको कुलत, नैराश्यता र आत्महत्याको सोच निकै कम देखियो। अनि पाका मानिसमा मठमन्दिरप्रतिको लगावले थप सकारात्मक ऊर्जा दिएको पाइयो। अझ महत्वपूर्ण कुरा त जुनसुकै धर्मावलम्बी भए पनि धार्मिक आस्था र आध्यात्मिक यात्राका कारण मानसिक रोगले कम सताएको देखियो।

धार्मिक विश्वास र मन्दिरको नियमित दर्शनले मानसिक रोग कम गर्ने तथ्याङ्कले देखाए पनि आखिर त्यस्तो परिणाम किन आउँछ भन्ने कुराको जवाफ दिन विज्ञान असमर्थ देखियो। मानसिकरूपले स्वस्थ मानिसमा भगवानप्रतिको लगाव बढी हुने हो कि भगवानको न्यासध्यानले दिमागी सन्तुष्टि दिन्छ भन्ने कुराको एकिन गर्न अनुसन्धान सफल भएको देखिएन। मन्दिर दर्शन गर्दा ब्रेनलाई तागत दिने ‘सेरोटोनिन’ को उत्पादन अधिक भएर डिप्रेसन घटाउने भए पनि धार्मिक प्रवृत्तिले मात्र किन उक्त रासायनिकको उत्पादन अधिक हुन्छ भन्ने तथ्यको जवाफ भएन। प्लेसिबो इफेक्टभैm आस्थावान मानिसमा किन मानसिक रोग कम लाग्छ भन्ने कुराको सिधा जवाफ दिन विज्ञान असफल भए पनि धार्मिक विश्वासले दिमागी रोग न्यून गर्ने यथार्थ अनुसन्धानले देखाएकाले सनातनदेखि चलिआएको आआफ्नो धर्मको प्रबर्धन र निरन्तरतामा सबैले ध्यान दिन आवश्यक देखियो।








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad