coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

न्यु भिजन सेमिफाइनलमा

काठमाडौं – न्यु भिजन दोस्रो हिमालय कप बास्केटबल प्रतियोगिताको जुनियर गल्र्सतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ।

कोटेश्वरस्थित आयोजक हिमालयको कोर्टमा भएको खेलमा न्यु भिजनले अक्षरालाई १३–१२ को साँघुरो अन्तरले पराजित ग¥यो। न्यु भिजनकी निशा गुरुङले ६ अंक जोडिन्। जुनियर ब्वाइजमा बिडिएसले एन्जल लर्डलाई ११–९ तथा स्किब्सले कोपेसलाई १४–१२ ले हराए।

सिनियर ब्वाइजमा नवज्योतिले भ्याली पब्लिकलाई ४३–८ ले पाखा लगायो। नवज्योतिका रमेश पाण्डेले १४ स्कोर गरे। गल्र्समा एभरेस्टले कोपेसलाई ११–४ ले पन्छायो। प्लस टु ब्वाइजमा ट्रिनिटीले हिमालयमाथि ५९–४४ को जित दर्ता ग¥यो। ट्रिनिटीका किरण कँडेलले २५ अंक जोडे।

प्रकाशित: ३ मंसिर २०७६ ०२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App