coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बिबिसीसँगको राजकुमार एन्ड्रयुको अन्तर्वार्ता विवादित

लन्डन (बिबिसी) – विवादित यौन अपराधीबारे बिबिसीसँगको योर्कका ड्युक भनिने राजकुमार एन्ड्रयुको अन्तर्वार्ता विवादित बनेको छ।

‘कार क्र्यास’ का रूपमा समेत परिभाषित बिबिसी न्युजनाइटसँगको शनिबार प्रसारित अन्तर्वार्तामा राजकुमार एन्ड्रयुले दोषी ठहरिएको यौन अपराधी जेफ्री एपस्टेनसँगको सम्बन्धबारे बोलेको थिए।

बिबिसीको न्युजनाइट कार्यक्रममा अन्तर्वार्ता दिएपछि राजकुमार एन्ड्रयुको चौतर्फी विरोधी भए पनि उनले भने सो विषयमा अन्तर्वार्ता दिने आफ्नो निर्णयको बचाउ गरेका छन्।

एपस्टेन एक अमेरिकी फाइनान्सियएर हुन्, जो यौन बेचविखनसम्बन्धी मुद्दामा लामो समयदेखि फैसला कुरिरहेकै बेला ६६ वर्षको उमेरमा आत्महत्या गरेका थिए।

योर्कका ड्युक राजकुमार एन्ड्रयुले बिबिसीसँगको अन्तर्वार्तामा शारीरिक सम्बन्धबारे आफूमाथि लागेको आरोपको खण्डनसमेत गरेका छन्।

शनिबार प्रसारित अन्तर्वार्तामा राजकुमार एन्ड्रयुले एक १७ वर्षीया किशोरी भर्जिनिया गिफ्रीसँगको उनको शारीरिक सम्बन्ध रहेको भन्ने विषय पनि अस्वीकार गरेका छन्।

राजकुमार एन्ड्रयुले त्यसबखत भर्जिनिया रोबर्टस् भनेर परिचित भर्जिनिया गिफ्रीसँग कुनै पनि बेला यौन सम्पर्क नरहेको बारे ‘स्पष्ट रूप’ मा अस्वीकार गरेका छन्।

भर्जिनियाले भने आफू १७ वर्षको हुँदा राजकुमार एन्ड्रयुसँग शारीरिक सम्बन्ध रहेको जिकिर गर्दै आएकी छन्। यस विषयमा राजकुमार एन्ड्रयुले प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहेकाले उनले बिबिसीसँग अन्तर्वार्ता दिएको उनी निकट स्रोतले जनाएको छ। उनी निकट स्रोतका अनुसार उनी ‘अन्तर्वार्तामा अत्यन्तै इमान्दारिता र नम्रताका साथ प्रस्तुत भएका छन्।’

बकिङ्घम दरबारका पूर्वप्रेस अधिकारी डिक्की आर्बिटरले भने अन्तर्वार्तालाई लिएर ‘ध्यानाकर्षण’ भएको जनाएकी छन्। त्यसैगरी, बिबिसीका लागि बेलायती शाही संवाददाता जोन्नी डेमन्डले पनि अन्तर्वार्ता दिएर राजकुमार झनै ‘खत्तम’ भएको र  आफ्नो नाम सफा राख्ने मौकाबाट पूर्ण रूपमा असफल भएको बताएका छन्।

न्युजनाइटकी प्रस्तोता इमली माइटलिसले राजकुमार एन्ड्रयुलाई अन्तर्वार्ता लिनका लागि महारानी आफैंलै अनुमति दिएको भन्ने आफूले बुझेको जिकिर गरेकी छन्।

केही महिनादेखि योर्कका ड्युकले जेफ्री एपस्टेनसँगको उनको सम्बन्धबारे प्रश्नहरुको सामना गरिरहनु परेको छ।
एपस्टेनबाट पीडित भनिएका केही व्यक्तिका कानुन व्यावसायीले भने राजकुमार एन्ड्रयुलाई यस विषयमा अन्तर्वार्ता नभई अमेरिकी प्रशासनसमक्ष शपथ खाएर कुराकानी गर्न आग्रह गरेका छन्।

प्रकाशित: ३ मंसिर २०७६ ०२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App