७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अलेप्पोबाट भागे विद्रोही

 सिरिया–सिरियाली सेनाले अलेप्पोको ऐतिहासिक सहर निन्यत्रणमा लिएको छ । सैनिकद्वारा रातभरी जारी कारबाहीको सामना गर्न नसकेर विद्रोही लडाकुहरु पछि हटेका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले बुधबार जानकारी दिएको छ ।

 सन् २०१२ बाट सिरियाली विद्रोही कब्जामा लिएको पूर्वी अलेप्पो सहरको ७५ प्रतिशत भन्दा सिरियाली सुरक्षाबल र संयुक्त गठबन्धनले कब्जा लिईसकेका थिए ।     तर तीन हप्तायतादेखि जारी कारबाहीका सरकारी बलले  सिरियाको दोस्रो ठूलो सहर अलेप्पो पूरा नै नियन्त्रणमा लिएको छ । गएको राति सेनाद्वारा अलेप्पोको छिमेकमा पर्ने बब अल हाडिड र आक्युल जिल्ला कब्जामा लिएपछि  विद्रोहीको कब्जामा रहेको पूरानो सहरको अन्तिम भागबाट उनीहरुले  हटेका अब्जरभेटरीले जानकारी दिएको छ ।

हाल सरकारी बलद्वारा अलेप्पोको पूर्वी भाग र सहरको ऐतिहासिक गढ मानिने सवै इलाका र मर्जेहको छिमेकमा पर्ने क्ष्ोत्रसमेत कब्जामा लिइएको जनाइएको छ । गएराति सरकारी सेनाले अल जाबदियाको छिमेकमा पर्ने इलाका र दक्षिणपूर्वी सहर को अझै पनि विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरुमा भारी  गोलावारी गरेका अब्जरभेटरीले जानकारी दिएको छ ।

 मंगलबार पूर्वी अलेप्पो सहरमा सरकारी सुरक्षाबलद्वारा गरिएको गोली प्रहारमा परी एक बालकसहित कम्तीमा १५ व्यक्तिको मृत्यु भएको थियो । तर विद्रोही नियन्त्रित क्षेत्रमा अझैं दसौं हजार नागरिक रहेको बताइएको छ । रोयटर्सले भने त्यहाँका विद्रोहीले ५ दिन युद्ध विरामको प्रस्ताव राखेको बताएको छ । विद्रोहीतर्फका एक नेताले युएनको प्रत्यक्ष निरिक्षणमा तत्काल उपचारको खाँचो रहेका ५ सयभन्दा बढी व्यक्तिको ज्यान बचाउन युद्ध विरामको प्रस्ताव गरिएको बताएका थिए । तर सिरिया सरकारले विद्रोहीले सो इलाका त्यागेको
 धोषणा गरेमात्र युद्ध विरामको सम्भावना रहेको जवाफ दिएको थियो । महिना दिनदेखि जारी बमबारीले त्यहाँ खाद्यान्न संकट छ भने प्राथमिक उपचार गर्ने अस्पताल पनि बाँकी छैनन् ।  अलेप्पोबाट विद्रोही भागेको समाचार आइरहेका बेला रुसको रक्षामन्त्रालयले भने विद्रोहीको रकेट आक्रमणबाट रुसी सैन्य सल्लाहकारको निधन भएको बताएको छ । सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।
यस गृहयुद्धमा इस्लामिक स्टेट र अल कायदाजस्ता आतंककारी समूह पनि हावी हुँदै गए । यस युद्धमा परी सन् २०११ देखि हालसम्म तीन लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको र दशौँ लाख व्यक्ति घाइते भएका छन् । त्यसैगरी देशभित्र र छिमेकी देशमा लाखौँ व्यक्तिले शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।

प्रकाशित: २३ मंसिर २०७३ ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App