७ वैशाख २०८१ शुक्रबार
समाज

असफल त्याे प्रेमः जसले बनायाे आमाछोरीकाे हत्यारा !

हत्या आरोपमा पुर्पक्षका लागि थुना आदेश पाएका रामहरि साह । तस्विरः महेश्वर/नागरिक

उदयपुर– उदयपुरमा एक महिनाअघि आमा छोरीको हत्या अभियोगमा पक्राउ परेका २ नं. प्रदेशका एक व्यापारी पुर्पक्षका लागि थुना आदेश पाएका छन्। त्रियुगा नगरपालिका–९ चौकीबारीकी २८ वर्षीया गोमा भन्ने शारदाकुमारी चौधरी र उनकी नाबालिका छोरी ६ वर्षीया रचना चौधरीको हत्या आरोपमा पक्राउ परेका सिराहाको लाहान नगरपालिका–२ का रामहरि साहलाई जिल्ला अदालत उदयपुरले सोमबार पुर्पक्षका लागि थुना पठाउने आदेश दिएको हो।

गत असोज २४ गते राति चौधरी आमा छोरीलाई घरमै धारिलो हतियार प्रहार गरी हत्या गरेर भ¥याङमुनि लास राखेर फरार साह सात दिनसम्मको खोजतलासपछि पक्राउ परेका थिए। लाहान स्थायी घर भए पनि त्रियुगा नगरपालिका–३ मोतिगडास्थित मिठाई पसल गर्दै आएका ४० वर्षीय साहले प्रेम सम्बन्धमा धोका दिएका कारण शारदाको हत्या गरेको र उनको हत्याका बेला घरमै टेलिभिजन हेरेर बसिरहेको थाहा पाएर नाबालिका छोरी रचनाको पनि हत्या गरेको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ।

घटनालगत्तै फरार भएका अपराधीको खोजीमा प्रहरीले संघीय प्रहरी इकाई सुनसरीबाट तालिमप्राप्त कुकुर मगाएर खोजतलास गरेको थियो। साताव्यापी खोजतलासपछि मोतिगडास्थित डेराबाटै यथेस्ट प्रमाणसहित पक्राउ परेका साहलाई अनुसन्धानको क्रममा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

श्रीमान सीताराम चौधरी ३ वर्षदेखि वैदेशिक रोजगारीको क्रममा मलेसिया रहेकाले शारदा दुई छोरीका साथ घरमै बस्दै आएकी थिईन्। ९ वर्षीया जेठी छोरी सानिआमासँग मामली गएका बेला कान्छी छोरी रचनासँगै घरमा रहेका बेला घटना भएको हो। शारदासँग दुई वर्षअघि आप्mनो चिनजान भएसँगै आफुहरुबीच प्रेम सम्बन्ध कायम भएको र बिहे गर्ने शर्त राखेकोमा अर्कै पुरुषसँग सम्बन्ध कायम भएपछि असह्य भएर हत्या गर्ने निर्णयमा पुगेको बयान साहले दिएको प्रहरी भनाई छ।

शारदाले लगाउने गहना मोतिगडास्थित डेराबाट बरामद भएपछि आंशिक प्रमाणका आधारमा पक्राउ साहले बयानका क्रममा प्रहरीसमक्ष अपराध स्वीकारेपछि थप अनुसन्धान अघि बढाइएको थियो। अदालतको आदेशलगत्तै साहलाई सोमबारै जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २ मंसिर २०७६ १५:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App