५ वैशाख २०८१ बुधबार
समाज

चार वर्षपछि टहरा छाडेर घर सरे प्रहरी

इलाका प्रहरी कार्यालय हर्मीको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुखलगायत । तस्बिरः नागरिक

गोरखा- २०७२ सालको बारपाक भुकम्पले घर भत्काएपछि अस्थायी टहरामा बस्दै आएका रातमाटे र इलाका प्रहरी कार्यालय हर्मीका प्रहरी चार वर्षपछि सोमबार पक्की घरमा सरेका छन्।

दुबै प्रहरी चौकीको एक कार्यक्रमका बिच गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी बिनोद शर्मा घिमिरेले उद्घाटन गरेका हुन्। डिआईजी बिनोद शर्मा घिमिरेले चौकी पुन निर्माण सम्पन्न गर्ने निर्माण ब्यवशायीलाई धन्यवाद दिए। ‘नागरिक प्रहरीको सहकार्य बाट समजमा शान्ति सुरक्षा कायम गर्न सकिन्छ’ उनले भने ‘प्रहरी सुदृढिकरण अन्र्तगत यसरी भौतिक पूर्वाधार सम्पन्न बनाउन सकियो भने नागरिकको सेवा र सुरक्षामा पनि प्रहरीलाई मद्धत पुग्छ।’ जनतालाई सुरक्षित महशुस गराउने गरी काम गर्न प्रहरीलाई निर्देशन समेत दिए। भुकम्पको केन्द्रबिन्दु गोरखामा भत्किएका केही चौकी भने जग्गा अभावका कारण अझै भाडाको घर र अस्थायी टहरामा सञ्चालित छ।

भुकम्पमा २२ वटा चौकीमा क्षती पुगेको मध्ये १३ वटा निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले बताए। ‘ताकुकोट चौकी बन्दैछ’ उनले भने ‘१३ वटा मध्ये बोर्लाङ, बारपाक, बालुवा, चनौटे उद्घाटन गर्न बाँकी छ।’ पालुङटार, बुङ्कोट, घ्याम्पेशाल, घ्याल्चोकलगायतका प्रहरी चौकी निर्माण पुरा भएर प्रहरी बस्न थालिसकेका छन्। जिल्ला प्रहरी कार्यालय चालु वर्षबाट निर्माण हुनेछ। भुकम्प लगत्तै प्रहरी चौकीहरु भत्कँदा अस्थायी टहरामा हात हातियार जोगाउन, प्रहरी बस्न समस्या भएको थियो। कष्टकर दैनिकी गुजार्दै आएका प्रहरी अहिले पक्की भबनमा सरेपछि सुखी भएका छन्।

२०७४ साउन २२ गतेबाट पुन निर्माण सुरु भएको पालुङटार नगरपालिका ९ स्थित रातमाटे प्रहरी चौकी.एक करोड ५५ लाख लागतमा निर्माण भएको हो। २०७४ बैशाख ६ गतेबाट निर्मााण थालिएको ईलाका प्रहरी कार्यालय हर्मी एक करोड ९३ लाख लगानीमा निर्माण पुरा भएको छ। होम निर्माण सेवाले दुबै चौकी निर्माण पुरा गरेको प्रहरीले जनाएका छ।

प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेको अध्यक्षतामा भएको प्रहरी चौकी उद्घाटन कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेल, प्रमुख जिल्ला अधिकारी देवेबन्द्र लामिछाने, एसपी ओम अधिकारी, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, पालुङटार नगरपालिकाका उपप्रमुख पम्फा बसेल, प्रहरी निरीक्षक इन्जिनियर निरञ्जन सिंहलगायतले धारणा राखेका थिए।

प्रकाशित: २ मंसिर २०७६ १४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App