७ वैशाख २०८१ शुक्रबार
समाज

चार वर्षपछि पक्की घरमा प्रहरी

इलाका प्रहरी कार्यालय हर्मीको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख लगायत। तस्विर: नागरिक

गोरखा– बारपाक भुकम्पले भवन भत्काएपछि अस्थायी टहरामा बस्दै आएका रातमाटे र ईलाका प्रहरी कार्यालय हर्मीका प्रहरी चार वर्षपछि पक्की घरमा सरेका छन्।

दुबै प्रहरी चौकीको एक कार्यक्रमका बीच सोमवार गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी विनोद शर्मा घिमिरेले उद्घाटन गरेका हुन्। 
डिआईजी घिमिरेले चौकी पुन निर्माण सम्पन्न गर्ने निर्माण व्यवसाायीलाई धन्यवाद दिए।

‘नागरिक प्रहरीको सहकार्यबाट समाजमा शान्ति सुरक्षा कायम गर्न सकिन्छ’ उनले भने ‘प्रहरी सुदृढीकरण अन्र्तगत यसरी भौतिक पूर्वाधार सम्पन्न बनाउन सकियो भने नागरिकको सेवा र सुरक्षामा पनि प्रहरीलाई मद्दत पुग्छ।’ उनले जनतालाई सुरक्षित महशुस गराउने गरी काम गर्न प्रहरीलाई निर्देशन समेत दिए।

भुकम्पको केन्द्रबिन्दु गोरखामा भत्किएका केही चौकी भने जग्गा अभावका कारण अझै भाडाको घर र अस्थायी टहरामा संचालित छ। भुकम्पमा २२ वटा चौकीमा क्षती पुगेको मध्ये १३ वटा निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले बताए।

२०७४ साउन २२ गतेबाट पुनःनिर्माण सुरु भएको पालुङटार नगरपालिका ९ स्थित रातमाटे प्रहरी चौकी एक करोड ५५ लाख लागतमा निर्माण भएको हो भने ईलाका प्रहरी कार्यालय हर्मीको लागत एक करोड ९३ लाख रुपैयाँ रहेको छ। 
 

 

प्रकाशित: २ मंसिर २०७६ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App