६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

क्यालिफोर्नियामा गोली लागेर चारको मृत्यु

लस एन्जलस– अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ। 

लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा भएको सो घटनामा गोली लागेर अरु ६ जना घाइते भएको प्रहरीले जनाएको छ।  पारिवारिक सदस्यहरु जम्मा भएको ठाउँमा एक व्यक्तिले आइतबार गोली प्रहार गरेको स्थानीय प्रहरी अधिकारीहरुले बताएका छन्।  

स्थानीय समय अनुसार आइतबार बेलुका ६ बजेतिर घटना भएको जनाइएको छ। घटना भएको बेला घटनास्थलमा ३५ जना रहेका थिए। उनीहरु फुटबल हेर्नका लागि सो ठाउँमा भेला भएको फ्रेन्सो प्रहरी विभागका उपप्रमुख मिचेल रिडले जानकारी दिए। 

प्रारम्भिक विवरण अनुसार अपरिचित व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। ती व्यक्तिको अहिलेसम्म पनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। सिन्ह्वा

प्रकाशित: २ मंसिर २०७६ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App