८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई प्रतिवेदन पेश भएका छन्। शीतलनिवसमा आयोजित समारोहमा राष्ट्रिय समावेशी आयोग र मधेशी आयोगका प्रतिवेदन पेश भएका हुन्।  

राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेकी हुन्। यसैगरी राष्ट्रपति भण्डारीसमक्ष मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा सोमबार आयोजित समारोहमा दुबै प्रतिवेदन पेश गरिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन पेश भएका हुन्। रासस

प्रकाशित: २ मंसिर २०७६ १०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App