coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुम्ला विमानस्थलः पहुँचवाला उड्छन्, सर्वसाधारण फर्किन्छन्

जुम्ला– गत वर्ष विमानस्थल सुरक्षा समितिको बैठकले सुरुमै आउनेलाई पहिलो टिकट पाउने निर्णय गर्यो। त्योे निर्णय हुँदा सर्वसाधारण निकै खुशी भए। उनीहरुले अब जहाज चढ्नकै लागि हारगुहार गर्न नहुनेमा ढुक्क थिए। तर त्यो निर्णय माइन्युटमा मात्र राखियो। न निर्णय कार्यान्वयन भयो, नत, सर्वसाधारणले सहजै रुपमा टिकट पाए। उल्टै पहुँचवालाको हालीमुहाली हुन थाल्यो। सर्वसाधारणले एक टिकट पाउन हप्तौँ विमानस्थल धाउनुपर्ने अवस्था आइपर्यो।

जुम्ला विमानस्थलमा नयाँ वर्ष र दसैं तिहारको समयमा निकै भिडभाड हुनेगर्छ। हिउँदको समयमा बुढेसकालका विरामी तातोमा लैजानेको संख्या बढ्ने गर्छ। सबैको चाहना हुन्छ,‘ विमानस्थल पुग्नेबित्तिकै टिकट पाउने। तर सर्वसाधारण विमानस्थलमा टिकट त के, विमानस्थलका कर्मचारीबाट राम्रो व्यवहारसमेत पाउदैनन्। एक यात्रुका अनुसार विमान चढ्दा कैयन अपमान सहनुपर्ने हुन्छ। उनले भने ‘जुम्लाको हवाइ यातायातमा सिण्डिकेट आफ्नै प्रकारको छ। ’्विमानस्थलमा सर्वसाधारणले भोग्नु परेका समस्या निराकरणका लागि न स्थानीय प्रशासन जागरुक छ, नत नागरिक उड्ययन प्राधिकरण नै। उल्टै प्राधिकरणलाई समेत नीजि विमान कम्पनीका कर्मचारीले टेर्दैनन्।’

चालु आर्थिक वर्षका कार्तिकमा पनि जुम्ला विमानस्थलमा चल्ने एयरलाइन्सको टिकट वितरणमा एक रुपता नभएको भन्दै गुनासो आएपछि विमानस्थल सुरक्षा समितिले यात्रुहरुलाई सहज हुने गरि वाहिर सेल्स अफिसबाट टिकट वितरण गर्ने निर्णय गर्यो। यो बेठकमा नीजि विमान कम्पनी, नागरिक उड्ययन प्राधिकरण चन्दननाथ नगरपालिका र सुरक्षासँग सरोकार राख्ने निकाय रोहबरमा निर्णय भएको थियो। निर्णय कार्यान्वयन गर्ने सबै विमान कम्पनीले बताए। तर त्यो निर्णय पनि कार्यान्वयन हुन सकेको छैन्। बैठकले प्रत्येक जहाजको उडानमा दुई वटा सिट सुरक्षित राख्ने निर्णय गरेको थियो।

आकस्मिक कुनै समस्या आइपरे सहजै रुपमा दिन मिल्ने परिस्थिति सिर्जना होस भनेर। विमानस्थल भित्रबाहिर गर्ने क्रममा पनि उच्च निगरानी राख्ने र पास बिना कसैलाई भित्र प्रवेश गर्न नदिने निर्णय भएको थियो। अहिले टिकट विमानस्थलभित्रबाट वितरण भइरहेको छ। विमान कम्पनीका कर्मचारीले आफ्ना नातेदार र पहुँचवालाका लागि मात्र टिकट राख्ने गरेका छन्। रिटर्न टिकटको नाममा विकृति सिर्जना भइरहेको स्थानीय बताउँछन्। यहाँ आउँदा रिटर्न टिकट लिइएको देखिदैन्, तर फर्कदा रिटर्न टिकट देखाएर जहाज भरिभराउ हुन्छन्। हप्तौदेखि कुरिरहेका सर्वसाधारण रित्तो हात घर फर्कन बाध्य छन्।

जुम्ला भ्रमणका क्रममा तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीले यो विमानस्थलमा ४० सिटे जहाज बसाल्ने प्रतिबद्धता जाहेर गरेका थिए। तर उनको मृत्यु भएपछि यो प्रतिबद्धताले निरन्तरता पाउन सकेको छैन्। अहिले त साताको दुई पटक आउने नेपाल एयरलाइन्सको जहाज पनि एक दिन मात्र उडान भर्छ। त्यो गरिब र विपन्न नागरिकको पहुँचमा छैन्। पर्यटनमन्त्री योगेश भट्टराई आइसकेपछि जुम्ला आउने जहाजको उडान फ्लाइट कटाएको आरोप जुम्लाबासीको छ।

सिता एयर र समिट एयरको जहाज यो समयमा पुर्वतिर केन्द्रित छन्। तारा एयरको दैनिक एक फ्लाइट मात्र छ, त्यो सर्वसाधारणको पहुँचमा छैन्। फ्लाइट र टिकटका बारेमा कर्मचारीलाई सोध्दासमेत यात्रु समक्ष बोल्न चाहदैनन्।

अहिले जुम्ला विमानस्थलबाट सर्वसाधारण नागरिक र पहुँचविहिन विरामी घर फर्कन्छन्। तत्काल जुम्लाबासीले सहजै रुपमा हवाइ यात्रा गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन्। कर्णाली सडक निकै जोखिमपुर्ण भएपछि स्थानीय हवाइजहाजमा यात्रा गर्न विमानस्थल पुग्छन्। तर हप्तौं बसेर पनि टिकट नपाएर घर फर्कन्छन्, यो राम्रो विषय होइन्। तारा एयरको जहाज भिजिट कम्पनीले रिजर्भ गर्दा यात्रु मर्कामा छन्।

जुम्ला विमानस्थलमा कालिकोट जिल्लाका यात्रु पनि आउँछन्। डोल्पाका यात्रु पनि यहि भएर जहाज चढ्छन्। यात्रु भन्छन्,‘ दुर्गममा चल्ने जहाज सर्वसाधरणमैत्री छैनन्। ’

विमान कम्पनीका कर्मचारीले अटेर गरिरहेको जुम्ला विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंह बताउँछन्। उनले भने,’ ‘बैठकमा सबै एयरलाइन्सका स्टेशन प्रमुख बसेका थिए।
उनीहरुले निर्णय कार्यन्वयन गर्ने पनि भनेका थिए। तर अहिले पनि विमानस्थलभित्र भिड लगाएर टिकट दिन्छन्।’ अहिले समिट र सिता एयरलाइन्सले पुर्वमा फ्लाइट गरेकोले यहाँ तारा विमान मात्र आउने गर्छ।

ताराएयरलाइन्सको बाहिरको अफिस ताला खुलेको छैन्। निर्णयमा विमानस्थल बाहिरको कार्यालयबाट टिकट बाड्ने भनिएको थियो। तारा एयरलाइन्सले नेपालगञ्ज जुम्ला पुग्ने बेलासम्म कसलाई उडाउने थाहा नै हुदैन्। जब जहाज विमानस्थलमा अवतरण गर्न खोज्छ, तब फोनबाट यात्रु बोलाएर बोर्डिङपास दिन्छन्।’ विहान दुई जना जति रिटर्न यात्रु छन्। जहाज आउने बेला सम्म दस जनासम्म पुर्याउँछन्, रुपैयाँ काउण्टरमै बुझाउँछन्। नेपालगञ्ज र काठमाडौं विमानस्थलका हाकिमसाबले जुम्लाको टिकट रिजर्भ गर्ने गरेका छन्। हामी परेसान भइसक्यौँ, विमानस्थलभित्र भिड लगाउँछन्। लफडा मात्र देखिन्छ। धेरै पटक अनुरोध गर्यौँ। सुनवाइ छैन्। तारा एयरलाइन्स र मार्केटिङ स्टाफले निकै गाह्रो गरिहेको छन्।'

प्रकाशित: २ मंसिर २०७६ ०९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App