८ वैशाख २०८१ शनिबार
राजनीति

दुबै देशमा स्थिर सरकार रहेकाे बेला सीमा विवाद समाधान नभए कहिले हुन्छ?

ताप्लेजुङ  – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा बिवाद समाधान गर्ने कार्यमा सरकारले खुट्टो कमाउन नहुने बताएका छन्। उनले अहिलेको सरकारका लागि सीमा विवाद समाधान गर्ने सबैभन्दा ठूलो अवसर रहेको भन्दै त्यसलाई सही सदुपयोग गर्न आग्रह समेत गरे।

कार्यकर्ता भेटघाट एवम् अन्र्तक्रियाका लागि ताप्लेजुङ आएका पौडेलले सोमवार बिहान नेपाल प्रेस युनियन ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै देशलाई सुरक्षित गर्ने दायित्व बोकेको सरकारले अब यस कार्यमा दह्रो खुट्टा टेक्नु पर्ने बताए।

‘हामी प्रतिपक्षीले साथ दिन्छौं,तपाँई अघि बढ्नुहोस् भनेर प्रधानमन्त्रीलाई हामीले भनेका छौं’पौडेलले भने‘यत्रो साथ र सहयोग पाउँदा सरकारले खुट्टो कमाउन हुदैन’।

उनले जंगे पिलर ढलेर सीमा मिचिँदा समेत सरकारले यो विषय समाधान गर्न सकेन भने सरकारे अहिले सम्मकै महत्वपूर्ण अवसर गुमाउने बताए। नेपाल र भारत दुबै देशमा दुईतिहाई उन्मुख स्थीर सरकार रहेका बेला पनि सीमा विवाद समाधान नभए कहिले हुन्छ भनेर उनले सरकारलाई प्रतिप्रश्न गरेका थिए।

सीमा प्रशासनमा भएको हेलचेक्रयाँईले सीमा विवादका समस्या भित्रिएको भन्दै सरकारले सीमा प्रशासन चुस्त राख्नुपर्ने पौडेलको सुझाव थियो। काँग्रेसको सरकारले निर्माण गरेका संरचनाको उद्घाटनमै यो सरकारका दिन बित्दै गएको कटाक्ष गरेका नेता पौडेलले सरकारले विकासको गति अझ सुस्त बनाएको आरोप लगाए।

उनले सरकारले राज्यको ढुकुटीमा मनलाग्दो खेलवाड गरेको भन्दै नेता पौडेलले बढ्दो महंगी र भ्रष्टाचारले जनता आजित हुँदा समेत यस कार्यलाई नियन्त्रण गर्न असफल भएको बताए।

पार्टी सभापतिको तयारीका लागि जिल्ला दौडाहा सुरु भएको हो की भन्ने प्रश्नमा नेता पौडेलले महाधिवेशनको मिति नै नतोकी नेतृत्वका लागि बोल्नु हतारो प्रतिक्रिया हुने बताए। आफु पहिलोपटक ताप्लेजुङ आएको भन्दै उनले यहाँस्थित पाथीभरा देवीको शक्तिले राजनीति स्वच्छव बनोस् र जनताको निरासा हटोस् भन्ने कामना आफुले गरेको बताए।

टोलीमा नेता पौडेलका साथ केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका सांसद बद्री पाण्डे,पूर्व राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटा,संबिधानसभा सदस्य नगेन्द्र कुमाल, नेपाली काँग्रेस इलामका सभापति हिमालय कर्माचार्य र ताप्लेजुङका सभापति लीलादेवी बोखिमसहितको उपस्थिति रहेको थियो।

प्रकाशित: २ मंसिर २०७६ ०८:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App