७ वैशाख २०८१ शुक्रबार
अर्थ

सुस्तायो सेयर बजार

काठमाडौं- सेयर बजार सुस्ताएको छ। कारोबार रकममै मंगलबारभन्दा बुधबार २६ करोड ३१ लाख भन्दा बढीले कमी आएको छ। मंगलबार कुल ७७ करोड १८ लाख रूपैयाँभन्दा बढीको सेयर किनबेच भएकोमा बुधबार ५० करोड ८७ लाखको मात्र कारोबार भएको छ।

सेयर बजार मापक नेप्से घटेसँगै कारोबार रकममा पनि कमी आएको छ। केही समयअघि एक अर्बभन्दा बढी रुपैयाँको सेयर कारोबार हुँदै आएकोमा पछिल्लो त्यसको आधा अर्थात ५० करोडको मात्रै कारोबार हुन थालेको छ।

नेप्से माथि पनि जान नसक्ने अनि ठूलो अंकले तल पनि नझर्ने अवस्था आएर सेयर कारोबारमा कमी हुन थालेपछि बजार सुस्ताएको विश्लेषकको भनाइ छ। अचेल लगानीकर्ता 'पर्ख र हेर'को स्थितिमा छन्।

बुधबार बजार स्थिर जस्तै बन्यो। बजार नाप्ने नेप्से सूचक ०.६१ ले तल झरेर १५५३.९० बिन्दुमा आएको छ। यस दिन एक सय ३७ कम्पनीका सेयर भयो र कारोबार रकम भने स्वाट्टै घट्न पुग्यो।

तुलनात्मक रूपमा यो कारोबार निकै कम हो। राजनीतिक अन्योल, बढ्दो बैंक ब्याजदर, बोनस र हकप्रद सेयरको बाढी, अन्योलग्रस्त राजनीतिक आदि कारणले बजार अझै घट्छ कि भन्ने त्रासका कारण लगानीकर्ताले सेयर खरिद गर्न सकिरहेका छैनन्। 'लगानीकर्ताहरु पख र हेरको स्थितिमा छन्,' एक ब्रोकरले भने, 'यसैकारण कारोबार रकममा कमी आएको हो।'

प्रकाशित: २३ मंसिर २०७३ ०४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App