७ वैशाख २०८१ शुक्रबार
खेल

काष्ठमण्डप च्याम्पियन

काठमाडौं – काष्ठमण्डपले आइतबार १२औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको उपाधि  जितेको छ। काष्ठमण्डपले ५७ अंक जोड्यो।

सेन्ट जेभियर्स ३९ अंकमा दोस्रो तथा आयोजक लिटिल एन्जल्स एलए ३६ अंकमा तेस्रो भयो। अन्तिम दिन यु–८ ब्वाइज सिंगल्समा फूलबारी मन्टेश्वरीका स्पन्डन उदास, यु–१० गल्र्स सिंगल्समा युनिभर्सलकी समृद्धि महर्जन, यु–९ ब्वाइज सिंगल्समा आद्रित नेपाल, यु–१२ सिंगल्सको ब्वाइजमा काष्ठमण्डपका प्रमोद मानन्धर र गल्र्समा इभा अधिकारी तथा यु–८ गल्र्स सिंगल्समा काष्ठमण्डपकी शिभाली गुरुङले स्वर्ण जिते।

यु–१० ब्वाइज सिंगल्समा शनिबार स्वर्ण जितेका छन्। फाइनलमा निशादले आयोजक लिटिल एन्जल्स (एलए) का हर्सित पन्तलाई ६–१ र ६–० को सोझो सेटमा पराजित गरे। यु–९ गल्र्स फाइनलमा काष्ठमण्डपकी कर्मिष्ठा श्रेष्ठले आफ््नै स्कुलकी प्राज्ना मानन्धरलाई १–४, ४–२ र ७–६ ले हराउँदै पहिलो भइन्। सो स्पर्धाको ब्वाइजमा रातो बंगलाका आर्दित नेपाल र काष्ठमण्डपका स्पर्श तिल्सिना फाइनलमा पुगे।

यु–१० गल्र्स सिंगल्समा युनिर्भसलकी समृद्धि महर्जन र फ्रान्चकी नाला मास्के उपाधिका लागि भिड्नेछन्। यु–१२ सिंगल्सको ब्वाइजमा काष्ठमण्डपका प्रणव मानन्धर र नेपाल प्रहरी स्कुलका श्लोक खड्का तथा गल्र्समा बृहस्पतिकी जेनी खड्का र युलेन्सकी इभा अधिकारी फाइनलमा पुगे।

प्रकाशित: २ मंसिर २०७६ ०४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App