coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

मल्पी सेमिफाइनलमा

काठमाडौं – मल्पी २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत ब्वाइज फुटबलमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ।

मल्पीले सेन्ट जेभियर्सलाई २–१ गोलले पराजित ग-यो। मल्पीसँगै बूढानीलकण्ठ, लोयल्टी र लिटिल एन्जल्स (एलए) पनि सेमिफाइनलमा पुगे। ब्वाइज बास्केटबलमा निर्मलले आयोजक ज्ञानोदयलाई ६६–३५ ले तथा एलएले एसलाई ५०–३२ ले हराए। गल्र्स बास्केटबलमा एलआरआईले त्रिज्योतिलाई ३७–९ तथा एलएले निर्मललाई २०–५ ले पाखा लगाए।

नेटबलमा रिलायन्स इन्टरनेसनल एकेडेमीले त्रिज्योतिलाई १८–६, हिमालयनले ज्ञानोदयलाई २१–१८, मंगलदीपले भानुभक्तलाई २९–२६ र मल्पीले रिलायन्सलाई ३३–१८ ले पन्छाए।
 

प्रकाशित: २ मंसिर २०७६ ०४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App