१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मूल्य वृद्धिको बिराेध गर्ने ४० जना पक्राउ

तेहरान, मंसिर १ (एजेन्सी)– इरान सरकारले पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणा गरेको विरोधमा भएको प्रदर्शनका क्रममा आइतबार ४० व्यक्ति पक्राउ परेका छन्।

इरानी समाचार संस्था इस्नाले जनाए अनुसार शनिबार भएको विरोध प्रदर्शनको क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ। प्रदर्शनका क्रममा अरु केही घाइते पनि भएको जनाइएको छ। अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दीका साथै तेल निर्यातमा प्रतिबन्ध लगाएपछि इरानी अर्थ व्यवस्था संकटमा छ।

इरान सरकारले हरेक महिना पहिलो ६० लिटरसम्म पेट्रोल खरीद गर्दा ५० प्रतिशत र सोभन्दा बढी पेट्रोल खरीद गर्दा तीन सय प्रतिशत मूल्यवृद्धि गर्ने घोषणा गरेपछि प्रदर्शन सुरु भएको हो।

इरानी राष्ट्रपति हसन रौहानीले शनिबार झण्डै ७५ प्रतिशत इरानी जनता आर्थिक दबाबमा रहेको जनाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट संकलन हुने रकम जनतालाई नै वितरण गरिने बताएका थिए।

रौहानीले गतवर्ष डिसेम्बरमा नै पेट्रोलमा मूल्यवृद्धि गर्ने प्रयास गरेका थिए तर सर्वसाधारणको विरोधका कारण संसद्ले सो प्रस्तावलाई अस्वीकृत गरेको थियो। आगामी फेब्रुअरीमा संसदीय निर्वाचन हुने तय भइसकेका बेला इरानमा मूल्यवृद्धि गरिएको छ।

प्रकाशित: २ मंसिर २०७६ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App