भुल्न नसकेको उसको मृत्यु

बुधबार, ०८ बैशाख २०७३, ०८ : १३ पवित्रा सुनार

जन्म र मृत्यु स्वभाविक प्रक्रिया हो। कति मृत्यूहरु सहज लाग्छन् कति कठिन। शायद कारण सहितका मृत्यहरु मान्छेले सजिलै स्वीकार्न सकिन्छ। जति अस्वभाविक मृत्युहरु स्वीकार्न सकिंदैन।

मैले टिचिङ अस्पताल महाराजगंजमा एउटा मृत्यु नजिकैबाट देखें जुन हामीले मृत्यू स्वीकार्न सकेनौं। गत चैतको अन्तिम साता उसको टिचिङ अस्पताल महाराजगंजमा मृत्यु भएको थियो अर्थात् भाई अर्जुन सुनारको।

अस्पताल जहाँ पुगेपछि पीडा कम हुनु पर्ने ठाउँ उसले उल्टो पाइलै पछि पीडाको सामना गर्नु परेको थियो। ती दृष्यहरुले मलाई अहिले मर्माहित बनाउँछन्। मैले कुनै पनि परिणामको बारेमा वास्तवीक्ता खोज्ने गर्छु। शायद नजिकबाट मलाई बुझ्नेहरुले नजिकैबाट मलाई चिन्नेहरु मेरो यो व्यवहार बुझेका छन्। मलाई आफन्त या पराईको सम्वन्धले भन्दा पनि वास्तीक कुराले प्रभाव पार्छ।

यस्तै मृत्यु छ , जसलाई मैले लगातार सात महिनादेखि नियालेको थिएँ । चिकित्सा उपचार पद्धतिको धेरै कुरा थाहा नुहुन सक्छ । तर एउटा बिरामीले अस्पतालमा पाउने सुविधा, संकटबाट बचाउन सकिने आधारहरुको पूर्व तयारी र सजकताका बारेमा केही कुरा बुझेकी छु । काम र व्यवहारिक जीवनसंगै ।

डेढबर्ष अघि भदौंमा भाई अर्जुन सुनारसँग मेरो पहिलो पटक भेट भएको थियो । उपचार खर्च अभाव, महँगो उपचार र गम्भिर समस्या । उनको समस्या बुझेपछि हामी पहिला आर्थिक संकलनको अभियानमा लाग्यौं । यो अभियानमा स्वदेश तथा विदेशमा रहनु हुने गल्कोटवासीहरु खटिनु भयो । उपचारको लागि वीस लाख जति रकम संकलन भयो।

पैसाको तयारी पछि मिर्गौला प्रत्यारोपणको धेरै अनुभवी टिचिङ अस्पतालमै सुरक्षित हुने देखेर त्यतै पुर्याययौं । बिरामीको भीड पालो पाउन सजिलो थिएन । लामो कानुनी प्रक्रियापछि २०७१ पुस १३ गते डाक्टर दिव्या मार्फत भर्ना गर्यौं । फिस्टुला राखेको हात सुन्निएकोले त्यसलाई घटाउने औषधी प्रयोग गर्दै प्रत्यारोपण गर्ने निधो भयो । त्यही अनुसार औषधी चलाइयो । भर्ना गरेको चार दिन अर्थात् बुधबार प्रत्यारोपण गर्ने भनिएकोमा ज्वरो आएकोले गर्न नहुने भन्दै स्थगित गरियो ।

भर्ना गरेको तीन दिनमै डाइलोसिस गर्न कम्मरमा फिमरल पाइप बनाउने भन्दै लगियो । अर्जुनले दिएको बर्णन अनुसार पाइप राख्न डाक्टर अरुण ज्ञवालीले पटक–पटक प्रयास गरे । नसकेपछि डाक्टर अब्दुल्लालाई बोलाइयो । उनले 'म रिक्स मोल्दिन, सिनियर डाक्टर बोलाउँला' भने । डाक्टर ज्ञवालीले म कोशिस गर्छु भन्दै पुन दुई पटक घोचेका थिए । यो प्रयास करिव आधा घण्टा गरियो । त्यसपछि अर्जुनकी पत्नीलाई भित्र बोलाइयो । भित्र जाँदा अर्जुन सुतेको ठाउँभरि धरै रगत बगेको थियो । त्यसपछि उनलाई हेमोडाइलोसिस र फिमरल केही नगरी वार्डमै फिर्ता गरियो । त्यसपछि त्यही पुरानै ठाउँबाट हेमोडाइलोसिस गर्दै गए ।

त्यो दिनदेखि उनलाई पीडा सुरु भयो । त्यसकै ११ दिनपछि डफलर (नसाको एक्सरे)गरेपछि फिमरल बनाउने क्रममै नसा फुटेर आन्तरिक रक्तश्राव भएको पत्ता लाग्यो । उनको कम्मरको भाग जहाँ पाइप बनाउने प्रयास गरिएको थियो । त्यो प्रयास गर्दा नसा छेँडिएर आन्तरिक रक्तश्राव भएको थियो । उनको दुखाइको पीडाले सीमा नाघेको थियो। रक्तश्राव भएको पत्ता लागे लगत्तै डाक्टरले आकस्मिक अप्रेशन गर्ने निधो गरेछन् । मलाई अर्जुनले फोन गरेर 'दिदी मेरो नसाबाट रगत बगेर पेटतिर डल्लो जमेको छ रे, अप्रेशन गर्न भनेका छन्' यति भनेपछि मैले कुरा बुझें । डाक्टरले भनेपछि गर भनें । त्यति धेरै डाक्टर भएको ठाउँमा आएको समस्या समाधान होला । अप्रेशन गर्न भनेको बिहानै म नेफ्रो वार्डको क्याविनमा पुगेकी थिएँ । पहिला पाइप राख्ने दिनमा पाएको सास्तीको कारण उनी अप्रेशन गर्न जान डराइरहेका थिए । मैले सम्झाउँदै भने, 'हामीसँग अप्रेशन बाहेक बिकल्प छैन, बरु अप्रेशन सही होस् भन्नेतिर लागौं' यति भनेपछि अप्रेशन गर्न सवै तयार भ ।

त्यो दिन डाक्टर उत्तमकृष्णको समूहले अप्रेशन गर्यो । अप्रेशनको साँझपख उनलाई भेटेर म फर्कें । अप्रेशन भएको दुई/तीन दिनमा मलाई फेरि फोन आयो । 'दिदी, घाउ डरलाग्दो भएको, छिटो आउनुहोस्' । म त्यहा पुगें घाउबाट रगत बगेको र घाउ फुलेर डरलाग्दो भएको थियो । सो घटनाको दिन डाक्टर दिव्या सिंह आएर अन्य डाक्टरहरुलाई कराउनु भएछ । कारण थियो, त्यो दिन अप्रेशन हुनु भन्दा अघि प्रयोग गरिएको रगत पातलो पार्ने औषधी प्रयोग गरिकोले घाउबाट नै रगत बगेको भन्दै गाली गर्नु भएछ ।

अप्रेशनकै घाउबाट रगत बगेपछि भित्र रगत जमेर घाउको टाँका फाटेको थियो । त्यसपछि डाक्टरले अप्रेशनको टाँका फुकाएर बग्न नरोकिएको करिव चार/पाँच दिनपछि त्यही घाउबाट जमेको रगतहरु निकालियो । यसपछि उनको अप्रेशनको घाउ खुल्लै भयो । घाउ खुल्लै थियो, नियमित ड्रेसिङ हुन थाल्यो । धेरै दिनपछि त्यही घाउबाट पुन ठूला–ठूला दुई वटा हेमाटोमा (रगतको डल्लो) निस्कियो जुन कालो रंगका थिए । रगतको डल्लो निस्केको घाउ झन् गहिएर एउटा हात पस्ने जत्तिकै गहिरो बनेको थियो । त्यसपछि मिर्गौला प्रत्यारोपणको सपना टाढिदै गयो । डाक्टर र आफन्तको ध्यान यही घाउ निको पार्नेमा केन्द्रित भयो । दैनिक डाक्टर आउँथे पट्टि लगाउँथे जान्थे । घाउ कालो बन्दै गयो । कालो बनेको घाउलाई डाक्टरले दुई पटक अप्रेशन थिएटरमा लगेर सफा गरे।

पटक–पटक उनको रगत घट्थ्यो, लगातार ज्वरो आउँथ्यो, कहिले दिसाबाट रगत बग्थ्यो । उनले अस्पताल भर्ना भएको दिनदेखि नदुखीकन बस्न पाएनन् । अस्पताल बस्दै जाँदा उनको पेट फुलेको थियो । यही क्रममा उनी माघ फागुन भरि गम्भिर बिरामी परे । रगत धेरै नै घटेपनि समयमै रगतको अवस्था बारे परिक्षण र उपचार नपुग्नाले फागुनमा उनी निकै गम्भिर अवस्थामा पुगे । यतिसम्म कि रगत कम भएर शरिरमा अक्सिजनको कमी हुँदै गएपछि आइसिसियुमा भर्ना गरियो । त्यहाँ भित्रको लामो बसाइपछि उनमा बाह्य सुधार भयो । तर फुलेको पेट घट्न सकेको थिएन । अनुहार पुरै कालो हुने र खुट्टा सुन्निने समस्या बढ्दै गयो ।

अजुर्नको आइसिसियुमै उपचार हुँदै गर्दा उनले आफु माथि अभ्यासरत चिकित्सबाट लापरवाही भएको, अस्पतालमा सुरक्षित उपचार नभएको र आफुलाई क्षतिपूर्ति सहित सुरक्षित उपचार पाउँ भनी अस्पताल प्रशासनलाई लिखित अुनरोध गरे । सम्वन्धित चिकित्सक र अस्पताल प्रशासन बसेको बैठकले अर्जुनको उपचारमा ध्यान दिने र अस्पतालको तर्फबाट निशुल्क शैय्या र परिक्षण शुल्क नलिने निर्णय गर्योक। जतिबेला अर्जुनको स्वास्थ्यमा गम्भिर समस्या आइसकेको थियो ।

त्यसको केही दिनपछि उनलाई निःशुल्क शैय्यामा सारियो । त्यहाँ केही दिन बसे । लगत्तै चैतको तेस्रो हप्ता एक्कासी कम्पन आउने र दिसाबाट ताजा रगत बग्ने समस्या आयो । पुन आइसिसियुमा भर्ना गरियो । परिक्षणपछि फोक्सोमा पानी जमेको भन्दै राति चिकित्सकले पानी निकाले त्यही राति बिहानपख उनको मृत्यु भयो । जुन मेरो लागि भुल्न नसक्ने मृत्यु बनेको छ । मृत्यु अघि पनि उनको दिसाबाट ताजा रंगको रगत बगेको थियो । जुन यसको कारण हुन सक्छ कतै प्वाल परेको नसा पेटतिर थियो । हैन भने शल्यक्रियापछि पनि दिसाबाट पटक–पटक किन आलो रगत बग्थ्यो ? अन्य कारणले हो भने कालो दिसा हुन्थ्यो । उनलाई पाइल्स पनि थिएन ।

अस्पतालमा मिगौंला फेर्ने भनेर भर्ना भएका अर्जुनले कहिले नसा छेडिएर ठूलो घाउ झेल्नु पर्यो , कहिले समयमै परिक्षण नपाएर पीडा झेल्नु पर्यो र कहिले खोजेको बेला सिनियर चिकित्सक नभेटेर त कहिले डाइलोसिस गर्ने मेशिनको पालो नपाएर । समयमै रोगको पहिचान नहुँदा उनी माथि यति धेरै औषधी प्रयोग गरियो कि पछि कुनै औषधीले कामै नगर्ने अवस्था आएको थियो ।

तैपनि म भित्र एउटा आशा थियो । ठूलो अस्पताल, बरिष्ठ चिकित्सक उनलाई उपचार गरेर एक दिन मिर्गौला प्रत्यारोपणको समय आउँछ । यही आशाका साथ मैले अर्जुनलाई पीडालाई जित्न सिकाउँथे । १०४ डिग्री ज्वरो आएको हुन्थ्यो, तैपनि मैले भेटेको एकछिनमै ज्वरो घटेजस्तो गर्थे । उठेर खाना खान्थे । भनेको सवै कुरा मान्थे बाँच्ने आशामा । उसको पीडा भुलाउन र आत्मबल बढाएरै रोगलाई जित्न सकिन्छ भन्ने मान्यता पनि राख्थे । यस क्रममा मैले उसलाई चार कुरा सधै सिकाउँथे । 'राम्रो खाना, सरसफाइ, रमाइलो कुरा र उचित उपचार । यति भएपछि हामी एकदिन सफल हुन्छौ भाई चिन्ता नगर' । उनले यी चार कुरामा बढी ध्यान दिन्थे । शरिरमा रगत बगेर पाँच पुगेको हुन्थ्यो तैपनि म आएपछि खाना खान्थे, 'मलाई केही हुन्न दिदी बिस्तारै निको हुन्छु भन्थे' । यी सवै प्रयासको बाबजुद मेरो केही लागेन अस्पतालले बनाइदिएको घाउ र घाउले निम्त्याएका बिविध समस्यासँगै अन्ततः अर्जुनले चैतको अन्तिम साता संसारबाट विदा लिए । जतिबेला रातको साढे दुई बजेको थिए । म राति नै पुगेर हेरिरहे । लगभग होस गुमाइसकेका भाईलाई 'बाई–बाई अर्जुन भनें' त्यसपछि सदाको लागि बिर्सिने कोशिस गर्दै आफ्नो कर्तव्यको यात्रातिर लागें।

अस्पतालले यी विविध प्रश्नको जवाफ दिने क्रममा बिरामी तथा बिरामीको आफन्तलाई भन्छन् 'उसमा मल्टिपल कम्लिकेशन थिए, बचाउन सकेनौं'। मानौं बिरामी र बिरामीका आफन्त यी सवै कुराबारेमा अनविज्ञ छन्, कुनै अन्जान युगका मान्छे हुन् भन्ने तरिकाले जवाफ दिने गर्छन् । एउटा प्रभावकारी अस्पताल व्यवस्थापन, कुशल चिकित्सकले यी प्रश्नै–प्रश्नहरुको जवाफ दिनुको सट्टा आफ्नो अस्पताल र चिकित्सकको सेवा कहाँनिर कमजोरी भन्ने बिषयमा नै गम्भिर भएर नसोचेसम्म जीवनको आशा लिएर यो अस्पताल आउने धेरै बिरामीको मृत्यु निश्चित छ।

मैले सुन्ने गरेको छु एउटा असल अस्पताल हुनको लागि पेशाप्रति समर्पित चिकित्सक, अस्पतालको राम्रौ व्यवस्थापन सवै कुराले निर्धारण गर्छ। यी सवै पक्ष टिचिङ अस्पतालमा खस्किदै गएको चार/महिना बिरामी भेट्न जाने क्रममै बुझ्ने मौका पाएँ। म कुनै पनि कुरालाई नजिकैबाट अध्ययन नगरी आरोप लगाउन मन लाग्दैन। यो अस्पतालमा चिकित्सकको क्षमतामाथि प्रश्न उठाउन खोजेकी हैन। शायद सवै बिरामीलाई गर्ने व्यवहार समान भएको भए चिकित्सक बिरामी प्रति समर्पित हुन सकेको भए अर्जुन र बाँच्ने सपना लिएर आएका धेरै बिरामीहरुले शास्ती भोग्नु पर्ने थिएन की!







यसमा तपाईको मत

अन्य समाचार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

Ncell Footer Ad