४ वैशाख २०८१ मंगलबार
कला

अनमोल र सुहाना फेरि एकसाथ

काठमाडौं – अभिनेता अनमोल केसीले नयाँ अभिनेत्रीहरुसँग काम गर्ने सिलसिलालाई तोडेका छन्। अभिनेत्री झरना थापाको ‘ए मेरो हजुर–४’ मा उनी अभिनेत्री सुहाना थापासँग देखिँदैछन्।

‘होस्टेल’ फिल्मबाट नेपाली फिल्ममा डेब्यु गरेका अभिनेता केसीले अभिनय गरेका अधिकांश फिल्महरुमा नयाँ अभिनेत्रीहरुसँग काम गरेका थिए। यसअघिको लभ स्टोरी ‘ए मेरो हजुर–३’ फिल्ममा अभिनेता केसी र अभिनेत्री सुहाना थापा एकसाथ देखिएका थिए। ‘ए मेरो हजुर–३’ सुहानाको डेब्यु फिल्म थियो।

अभिनेता केसी ‘ए मेरो हजुर–४’ मा अनुबन्द भएको जानकारी सामाजिक सञ्जालमार्फत निर्देशक झरना थापाले गराएकी थिइन्। अभिनेता केसीले फिल्मको सम्झौता पत्रमा हस्ताक्षर गरेका फोटो निर्देशक थापाले सामाजिक सञ्जालमा राखेकी थिइन्। ‘ए मेरो हजुर–४’ लाई सुनिलकुमार थापाले निर्माण गर्नेछन्। सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सो फिल्मको सुटिङ माघको दोस्रो साताबाट हुँदैछ।

अभिनेता केसी ‘जेरी’ मा आना शर्मा, ‘ड्रिम’ मा साम्राज्ञी राज्यलक्ष्मी राणा, ‘गाजलु’ मा सृष्टि श्रेष्ठ, ‘कृ’ मा अदिती बुढाथोकी र ‘क्याप्टेन’ मा उपासना सिंह ठकुरीसँग देखिएका थिए।

प्रकाशित: २ मंसिर २०७६ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App