coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

टावर बनाउँदा कलंकीको सडक भासियो

काठमाडौं- राजधानीको कलंकी चोकमा निर्माणाधीन व्यापारिक भवन कलंकी टे्रड टावरको जग खन्दा कलंकीको सडक चिरा परेर भासिएको छ। दुई हप्तादेखि लगातार भासिने क्रम नरोकिएपछि स्थानिय जनताहरु त्रसित भएका हुन्। कलंकीचोकको निर्माणाधिन टावर अगाडीको सडक दुई फिट र फुटपाथ तल धसिएको छ।

कलंकीका स्थानियवासी शम्भु अधिकारीले भासिएको सडकलाई तत्कालै मर्मत गर्नुपर्ने माग गरेका छन्। 'टावरको जग खन्नु अघिसम्म केही भएको थिएन्,' उनले भने, 'जब खन्न थालियो। त्यसपछि सडक चिराचिरा परेर धसिरहेको छ।' स्थानियबासीले भासिएको सडक चाडैं निर्माण गर्न माग गरेका छन्। भसिएकै सडक छेउको घरमा पसल गरिरहेका अरुण शाहले घर नै चर्किएपछि पसल सार्ने

तयारीमा जुटेको बताएका छन्। 'भासिएको सडकमा जुनसुकै बेला। जेपनि हुनसक्छ। त्यसैले पसल अरु ठाउँमा सार्न खोजिरहेको छु ,' उनले भने, 'सार्वजानिक बाटो भासिदाँसमेत कसैले चासो दिएका छैनन्।' टावरको जग खनेपछि नै सडक चिराचिरा परेर भासिन थालेको उनले बताए।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रहरी निरीक्षक विमल थापाले सडक भासिएकाले सवारी आवागमनमा समस्या आएको बताएका छन्।  कलंकीचोकको दायाँतर्फको करिब २० मिटर सडक भासिएकाले कलंकी नागढुङगा हुदैं बाहिरिने सवारीसाधनलाई समस्या देखिएको छ।

'भासिएको सडक मा सवारी गुड्न दिएका छैनौं,' उनले भने, 'भासिएको सडकलाई घेरेर राखेका छौं।'  भासिएको सडक समयमा नै निर्माण नगर्दा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको उनले बताए।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख दिपक केसीले कलंकी टे्रड टावरका सञ्चालकले सडक मर्मत गर्ने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए। 'टावरका सम्बन्धित निकायले हाम्रो कारणले भए पनि, नभएपनि सडक मर्मत गर्ने प्रतिवद्धता जनाइसके,' उनले भने, 'भासिने क्रम अझै रोकिएको छैन्। त्यसैले तत्कालको लागि अस्थायी समाधान  निकाल्न निर्देशन दिएका छौं।'

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर शैलेन्द्र शर्माले भासिएको सडकको  नियमित अनुगमन गरिरहेको बताएका छन्। 'टावरको जग खन्नु अघिसम्म सडक केही भएको थिएन्,' उनले भने, ' जग खनेपछि एकाएक सडक दबियो।त्यसैले सडक मर्मतका लागि टावरलाई निर्देशन दिइसकेका छौं।'

आयोजनाका इन्जिनियरले भासिएको सडकको नियमित अनुगमन गरिरहेको उनले बताए। आयोजनाले कलंकी ट्रेड टावरलाई सडक मर्मतका लागि निर्देशन दिइसकेको जनाएको छ। इन्जिनियर शर्माले भासिएको सडकमा सवारीसाधन तथा स्थानियहरुलाई हिँडडुल नगर्न सुझाव दिएका छन्।'भासिएको सडक उच्च जोखिम हुन्छ,' उनले भने,'सावधानी अपनाएर मात्रै हिँडनुपर्छ।'

इन्जिनियर शर्माले सडक भासिएपनि पर्खाल भने नभासिनुले के कारणले भासियो भनेर निर्क्यौल निकाल्न अध्ययन भइरहेको बताए। शर्माका अनुसार टावरको फाउन्डेसन खन्ने क्रममा सडकको बीचबाट ४ मिटर छेउसम्म सडकको सतह दबेको छ। 'सडकको विच भाग मात्रै दबेको छ। तर, पर्खाल क्षेत्र दवेको छैन् ,' उनले भने, 'के कारणले भासियो, विस्तुत अध्ययन भइरहेको छ।'

कलंकी ट्रेड टावरका अध्यक्ष नरेन्द्र बज्राचार्यले टावर अगाडीको सडक भासिनुमा टावरको हात नरहेको दावी गरे। 'उच्चस्तरीय प्राविधिक जाँच गरेर मात्रै जग खनेका थियौं,' उनले भने, 'प्राकृतिक विपद् वा अन्य जे कारणले भत्किए पनि व्यवसायी संस्था भएकाले मर्मत गर्न लागेका हौं।'

सडक मर्मतको लागि चासो दिइरहेको उनले बताए। 'सडक मर्मतका लागि ठेकेदार कम्पनीसँग समन्वय भइरहेको छ,' उनले भने,'अब छिट्टै काम सुरु गर्नेछौं।'

प्रकाशित: २३ मंसिर २०७३ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App