मन्त्रिपरिषद् पुनर्गठन तयारी

सोमबार, ०२ मङि्सर २०७६, ०६ : ३२ टपेन्द्र कार्की

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैद्धान्तिक सहमति दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको अधिकारको विषय भएको भन्दै पुनर्गठन गर्न सैद्धान्तिक सहमति दिएको हो।

‘सरकारको काम प्रभावकारी बनाउन प्रधानमन्त्रीले आफ्नो विशेष अधिकार प्रयोग गर्नुपर्छ। त्यसका लागि तपाईंलाई ढोका खुला छ तर छिटो गर्नुस्। बाहिर मन्त्रिपरिषद् पुनर्गठनको धेरै हल्ला भएको छ। यसले सरकारको कामलाई ढिलासुस्ती गराउँछ’, बैठकमा सचिवालय सदस्यहरुले प्रधानमन्त्रीलाई सुझाव दिएको थिए। एक सचिवालय सदस्यका अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुर्नगठन गर्न ढिला नगर्ने बताएका थिए। ‘प्रधानमन्त्रीले ढिला नगर्ने भन्नुभएको छ। उहाँको विशेष अधिकार भएकाले जति बेला पनि मन्त्रिहरु हेरफेर गर्ने सम्भावना छ’, उनले भने। यस विषयमा ओलीले सोमबार निर्णय गर्न सक्ने बताइएको छ।

प्रधानमन्त्री ओलीले दुई महिनाअघि नै मन्त्रीहरुको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए। साउनयता मन्त्रीहरुको काममा ढिलासुस्ती भएको र त्यसले जनतामा सेवा प्रवाह प्रभावकारी नभएको भन्दै मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत गरेका हुन्। उनले आफ्नो सचिवालयमा पनि हेरफेर गरेका छन्। आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुका बारेमा सचिवालय सदस्यहरुलाई जानकारीसमेत गराएका थिए। ‘सचिवालय सदस्यहरुले यो विषय तपाईंकै विशेष अधिकार भएकाले मन्त्री फेर्ने हल्ला गर्नेभन्दा पनि काम गरिहाल्नुपर्ने हुन्छ त्यसकारण छिटै गर्नुहोस् भनको छौं’, बैठकपछि एक सचिवालय सदस्यले भने। ती सदस्यका अनुसार अध्यक्षद्वयको प्रस्तावमा सचिवालयले मन्त्रिपरिषद् पुनर्गठनमा सैद्धान्तिक सहमति जनाएको हो।

मन्त्रिपरिषद् पुनर्गठनमा सुरेन्द्र पाण्डे, वसन्त नेम्बाङ, पदम गिरी, प्रभु शाह, जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाल, प्रेम आले, कृष्णगोपाल श्रेष्ठ, घनश्याम भुसाल, पार्वत गुरुङ, यज्ञराज सुनुवार, विशाल भट्टराई, किसान श्रेष्ठ र छविलाल विश्वकर्माको नाम चर्चामा छ।

नेताहरुबीच सुरेन्द्र पाण्डेलाई मन्त्री बनाउने विषयमा आन्तरिक सहमति जुटिसकेको छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले चितवनको एक कार्यक्रममा पाण्डेको नाम लिएर मन्त्री बन्ने सूचीमा रहेको बताएका थिए। नयाँ मन्त्रीका लागि वसन्त नेम्बाङ, पदम गिरी, प्रभु शाह, जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाल, प्रेम आले, कृष्णगोपाल श्रेष्ठलगायतको नाम चर्चामा छ। त्यसैगरी घनश्याम भुसाल, पार्वत गुरुङ, यज्ञराज सुनुवार, विशाल भट्टराई, किसान श्रेष्ठ, छविलाल विश्वकर्माको नाम पनि चर्चामा छ। बैठकमा केही नामबारे चर्चा भए पनि उनीहरुलाई कुन मन्त्रालय दिने भन्नेबारे छलफल भएको छैन।

बैठकमा अध्यक्ष दाहाललाई पार्टीको कार्यकारी अधिकार प्रत्यायोजन गर्ने विषयमा छलफल भए पनि त्यसले सार्थकता पाएको छैन। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थालाई ध्यान दिएर पार्टीको कार्यकारी अधिकार दाहाललाई दिने कुरा ओली आफैंले उठाएका थिए। तर दाहालले अहिले सहमतिमै काम भइरहेको छ भनेपछि सो विषय अघि बढेको थिए। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दाहाललाई पार्टीको कार्यकारी अधिकार दिने विषयमा कुनै छलफल नभएको बताए। ‘त्यस्तो कुनै छलफल भएको छैन’, प्रवक्ता श्रेष्ठले भने। बैठकले नेकपा प्रवास इन्चार्ज, अध्यक्ष र सचिव तोकेको उनले बताए। प्रवक्ता श्रेष्ठका अनुसार प्रवास इन्चार्जमा विन्दा पाण्डे, सहइन्चार्जमा लक्ष्मणदत्त पन्त, प्रवास अध्यक्षमा युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद शाहलाई तोकिएको छ।








यसमा तपाईको मत

अन्य समाचार

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर...

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी...

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंकले भिसा वल्र्डवाइड प्रा.लि.सँग सम्झौता पत्रमा हस्ताक्षर गरी नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ।

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ...

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

अन्तर्राष्ट्रिय प्रविधि समूह एन्ड्रिजले चौथौ सेवाग्राही दिवस सम्पन्न गरेको छ । ...

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकमले पोखरा प्रिमियर लिग (पिपिएल) को सह–प्रायोजक गरेको छ । ...

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक लि. र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १३, जावलाखेलस्थित जावलाखेल युवा क्लब विच प्रभु बैंक लि. जावलाखेल...

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको...

Ncell Footer Ad