coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निजगढ विमानस्थल बनाएरै छाड्छौंः मन्त्री भट्टराई

दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले स्थान्तरण हुने बस्तीको निरीक्षण गर्दे  मन्त्री भट्टराई नेतृत्वको टोली।

बारा– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ विमानस्थन बनाएरै छाड्ने बताएका छन्।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण हुने बस्तीहरुको निरीक्षण गर्दै उनले मंसिर भित्रै शिलान्यास गरिने प्रतिबद्धता व्यक्त गरे। विमानस्थलको निर्माणमा देखिएको समस्या र त्यसको समाधन खोज्न मन्त्री भट्टराईले आइतबार बस्ती निरीक्षण गरेका थिए। 

मन्त्री भट्टराईले स्थान्तरण गरिने बस्तीहरु जीतपुरसिमरा १६ को डकाहा र वडा १७ को लामिडाँडा र टांगियाबस्तीलाई निरीक्षण गर्नुको साथै स्थान्तरण  भएको बस्तीलाई पुनः बसाउने  कोहल्वी नगरपाालिकाको ३,४, ५  र ८ मा रहेको सार्वजनिक जग्गाको निरीक्षण गरि  सरोकारवालासँग अन्तरक्रिया समेत गरेका छन्। 

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री भट्टराईले निजगढ विमानस्थल बनेर छाडने बताए।  स्थलगत निरीक्षणपछि प्रतिवेदन तयार गरेर मन्त्री परिषदमा पेश गर्ने र मन्त्री परिषदले निर्णय गरे पछि दोस्रो चरणको निर्माणको कार्य अगाडी बढाउने तयारी रहेको उनले बताए।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेलले बस्ती व्यवस्थापनका लागि संघीय सरकारले निर्णय गरे स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता गरे । 

मन्त्री भट्टराईसँगै टोलीमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढामगर, पर्यटन सचिव केदारबहादुर अधिकारी, नागरिक उड्डयन विभागका महानिर्देशक राजन पोखरेल, आयोजना प्रमुख प्रदीप अधिकारीलगायत सहभागी छन्। 

टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थले ओग्टने नम्बरी जग्गा, त्यसमा रहेका घर, टहराको मुअब्जा बितरण, नदी नियन्त्रण र तारवार गर्ने लगाएतको कार्यमा अन्तिम चरणमा पुगेको बताइएको छ। 

विमानस्थलले ओग्टने एक सय १० बिघा नम्बरी जग्गा मध्ये ६३ बिघा भन्दा बढिको मुअब्जा बितरण गरिएको र बाँकी रहेको नम्बरी जग्गाको जग्गाा धनीहरुलाई मुअब्जा बितरण गर्ने कार्य अन्तिम चरणमा रहेको यसको निर्माणमा खटेका अधिकारीहरुले जनाएका छन्। 

अहिलेसम्म मुअब्जा बितरण, नदी नियन्त्रण र तारवार गर्ने लगाएतको कार्यमा ६० करोड जति खर्च समेत गरिएको आयोजनाको अधिकारीहरुले बताएका छन्। 

दोस्रो अन्तर्रािष्ट्रय विमानस्थल आयोजना कार्यावन्यन एकाई कार्यालयका इन्जिनियर बिजय यादवले विमानस्थलको लागि अधिग्रहण गरिएको लगभग ६३ विघा नौ कट्ठा जग्गाको १३९ जना जग्गा धनीहरुलाई भादौसम्ममा लगभग ४३ करोड  मुअब्जा बितरण गरिएको बताएका छन्। 

बाँकी रहेका नम्बरी जग्गा धनीहरुलाई पनि मुअब्जा बितरण गर्ने प्रक्रिया अगाडि बढाईएको यादवले बताए।
दोस्रो अन्तराष्ट्रिय विमानस्थलले ओग्टने ऐलानि तथा निजी जग्गालाई सुरक्षित राख्नको लागि गरिएको तारबार र तटबन्ध कार्यमा लगभग १४ करोड खर्च गरिएको इन्जिनियर यादवले बताए। 

गत आर्थिक बर्ष २०७५/७६ मा तारवार तर्फ दुई करोड ७८ लाख र नदी नियन्त्रण तर्फ लगभग तीन करोड ८३ लाख  खर्च गरिएको यादवले बताए।  विमानस्थलको क्षेत्रफल ६३ किलोमिटरमा फैलिएको र यसले ११ हजार आठ सय ७५ बिघा जग्गाा ओग्टेको दोस्रो अन्तर्रािष्ट्रय विमानस्थल आयोजनाले कार्यालयले जनाएको छ। 

६३ किलोमिटर क्षेत्रफल मध्ये ३५ किलोमिटर क्षेत्रफलमा तारवार गत आर्थिक बर्षमै गरिएको र बाकी क्षेत्रफलको तारवार गर्ने कार्य अन्तिम चरणमा रहेको छ। 

‘अहिले बिमानस्थल निर्माण गर्नको लागि आवश्यक पर्ने ११ हजार  आठ सय ७५ बिघा जग्गाको चार किल्ला पहिचार गरि त्यसको तारवार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ,’यादवले भने, ‘तारवार भैरहेको जग्गा मध्ये एक सय १०  बिघा जग्गाा मात्रै नम्बरी रहेको छ।’ 

टागिया बस्तीले ओग्टेको ऐलानी जग्गाहरु हजार बिघा भन्दा वढी रहेको र त्यसलाई स्तान्तरण गर्न मुख्य चुनौती रहेको यादवले बताए। 

निर्माण हुन लागेको दोस्रो विमानस्थलको लागि अधिग्रहण गरीने जग्गा मध्ये एक सय १० विघा मात्रै व्यक्तिहरुको नम्बरी पर्ने यकिन गरीए पनि अहिले नम्बरी जग्गाको क्षेत्रफल घटबढ हुने सम्भावना समेत रहेको आयोजनाका अधिकारीहरुले बताएका छन्। 

 

 

प्रकाशित: १ मंसिर २०७६ १२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App