५ वैशाख २०८१ बुधबार
राजनीति

सरकारकै कारण संघीयता अप्ठ्यारोमा : नेता सिंह

अमेरिका- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधान कार्यान्वयन गर्न आनाकानी गरेकोले सघीयता कार्यान्वयनमा बाधा उत्पन्न भएको बताएका छन्।

अमेरिका भ्रमणमा आएका नेता सिंहले जनसम्पर्क समितिद्धारा टेक्सासमा आयोजित कार्यक्रममा संविधान कार्यान्वयन गर्न केन्द्रित हुनुपर्ने समयमा सत्ता राजनीतिमा केन्द्रित भएकोले देश संकटमा फस्दै गएको आरोप लगाए। संविधान निर्माणपछिको सरकारले कार्यतालिका निर्माण गरेर संविधानमा उल्लेख भएका विषयमा ऐन नियम बनाउन प्राथमिकता दिनु पर्नेमा सरकार चलाउनमात्रै ध्यान दिएको उनको आरोप छ। संविधानले दिएको अधिकारलाई गाँउ गाउँमा पुर्याउनुको साटो सिंहदरबारमा केन्द्रित गर्ने काम भएकोमा उनले असन्तुष्टि व्यक्त गरे।

नेता सिंहले सीमा सुरक्षाको विषयमा कुटनीतिक पहल गर्नुपर्ने बताउँदै सरकारको लाचारीपनले जनता सडकमा आएको बताए। 

सो अवसरमा गणेशमान सिंह प्रतिष्ठानले जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको जीवनीमा आधारित वृत्तचित्र प्रर्दशन गरेको थियो। राणा शासनको अन्त्यका लागि सिंहको योगदानमा आधारित सो वृत्तचित्र अमेरिकाका विभिन्न ५ राज्यहरुमा देखाउने जनाइएको छ।

प्रकाशित: १ मंसिर २०७६ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App