coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अत्तरिया प्राधिकरणले ३३ करोड महसुल उठाउन बाँकी

अत्तरिया- नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले ३३ करोड रुपैयाँभन्दा बढी विद्युत महसुल उठाउन बाँकी रहेको छ। कार्यालयले दिएको जानकारीअनुसार गत आव २०७५/७६ सम्मको मात्रै रु ३३ करोड सात लाख महसुल उठाउन बाँकी रहको हो।

प्रदेशमा सडक बत्तीबापत नौ करोड ४८ लाख २० हजार रुपैयाँ, गैरव्यापारिक एक करोड ६८ लाख २२ हजार रुपैयाँ, कालोसूचीमा राखिएका ग्राहकबाट एक करोड ३८ लाख ४७ हजार रुपैयाँ र अन्य ग्राहकबाट २० करोड ५२ लाख १० हजार रुपैयाँ गरी ३३ करोड सात लाख रुपैयाँ महसुल उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ।

उक्त बक्यौता रकम कार्यालय मातहतका ११ वटा वितरण केन्द्रको नाममा देखिएको जनाइएको छ। वितरण केन्द्रका नाममा ठूलो रकम बक्यौता देखिएपछि अत्तरियाका प्रमुख शतीशकुमार कर्णले सम्बन्धित ग्राहकको लाइन काट्न केन्द्रका प्रमुखहरूलाई निर्देशन दिएको बताए।

महसुल नतिर्ने ग्राहकको लाइन काट्न केन्द्र प्रमुखहरूलाई निर्देशन दिइसकिएकाले बक्यौता रकम सङ्कलन हुने अपेक्षा लिइएको उनको भनाइ छ। सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला प्राधिकरणको ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन्। यससँगै १२ वटा विद्युत वितरण केन्द्र स्थापना गरिएको प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख कर्णको भनाइ छ।

प्रकाशित: १ मंसिर २०७६ ०९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App