coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार राजापाक्षे विजयी

कोलम्बो - श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार बनेका पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित भएका छन्। झण्डै दश वर्ष अगाडि रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्वन्द अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्नु भएका राजापाक्षे आइतबार राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

श्रीलङ्काली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेतरहेका राजापाक्षेले झण्डै ५३ प्रतिशत मत प्राप्त गरेको उनका प्रवक्ताले जानकारी दिएका छन्। उनले सत्तारुढ दलका तर्फबाट उम्मेदवार बनेका सजिथ प्रेमादासलाई पराजित गरेका हुन्। उहाँको स्पष्ट जित भएको छ, हामी धेरै खुशी छौँ, गोटा नयाँ राष्ट्रपति बन्नु भएको छ,” राजापाक्षेका प्रवक्ता केहेलिया राम्बुक्वेलाले भने।  

उनले सपथग्रहण कार्यक्रम एक दुई दिनमा हुनसक्ने बताए। राष्ट्रपतिमा नवनिर्वाचित राजापाक्षे पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन्।रासस

प्रकाशित: १ मंसिर २०७६ ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App