८ वैशाख २०८१ शनिबार
समाज

५८ किलो चरेस बरामद, तीन महिलासहित ५ जना पक्राउ

पाँच जना मानिस र बरामद गरेको ५८ किलो चरेस सार्वजनिक गर्दे प्रहरी। तस्बिर/निर्मल

बर्दिया- भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले गुलरिया भन्सार सडकबाट ५८ किलो चरेस बरामद गरेको छ। सहजै तरिकाले मूख्य सडक प्रयोग लैजाने क्रममा पहिलो पटक भारी मात्र चरेस बरामद गर्न सफल भएको प्रहरीले दाबी गरेको छ।

प्रहरी सहायक निरीक्षक सुनिल बश्यालसहित नेतृत्वमा खटिएको गस्ती टोलीले गुलरिया नगरपालिका वडा नम्बर ७ स्थीत सडकबाट ५८ किलो लागुऔषध चरेस सहित ५ जनालाई पक्राउ गरेको हो।

पुर्वी रुकुम घरभई हाल दाङ घोराही नगरपालिकामा बस्दै आएका ३४ वर्षिय राजकुमार पुनमगर, २७ वर्षिया जुनतारा पुन, ३४ वर्षिया सुनथामी बुढामगर, पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका बस्ने २६ वर्षिया अस्मिता रामजाली र रोल्पाको दुईखोली गाउँपालिका ८ घर भई हाल दाङको घोराई नगरपालिकामा बस्ने २९ वर्षिय खीम प्रसाद रोकामगर प्रहरीले पक्राउ गरेको छ।

उनीहरुबाट ५८ किलो चरेससहित भारतीय र नेपाली गरि नगद ३२ हजार ५ सय ९८ रुपैयाँ र ५ थान मोबाइल समेत बरामद गरेको प्रहरी नायब उपरीक्षक रामशंकर कोहारले बताए। सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले उनीहरुलाई रोकी शरिर तथा बोकेको झोला खानतलासी लिंदा झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त लागुऔषध चरेस सहित पक्राउ गरिएको हो। पक्राउ परेका पाँच जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रहरीले गरिरहेको उनले जानकारी दिए।

 

 

प्रकाशित: १ मंसिर २०७६ ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App