८ वैशाख २०८१ शनिबार
समाज

दैनिक चार घण्टा धनगढी विमानस्थल बन्द हुने

धनगढी – आजदेखि दैनिक चार घण्टा धनगढी विमानस्थल बन्द हुने भएको छ। विमानस्थलको धावनमार्ग मर्मत तथा स्तरबृद्धिको लागि बन्द गर्न लागिएको विमानस्थलका प्रमुख तेजबहादुर बुढथापा बताए। एक महिना विमानस्थल आंशिकरुपमा सञ्चालन हुने विमानस्थलले जनाएको छ।

बुढथापाका अनुसार आइतबारबाट दिउँसो तीनदेखि ७ बजेसम्म एक महिना विमानस्थल बन्द हुनेछ।दिउँसो तीन बजेपछि हुने सम्पूर्ण उडान बन्द गरिने छ।

गत जेठमा १८ सय मिटरमध्ये चार सय २० मिटर धावन कालोपत्रे गर्ने काम तथा पार्किङ क्षेत्रमा काम बाँकी रहेको हुँदा सो कार्यलाई पूरा गर्न विमानस्थल आंशिक रुपमा बन्द गर्नु परेको हो।

धनगढी विमानस्थलमा धावन मार्ग र पार्किङ क्षेत्र विस्तारका लागि एक वर्षको अवधि तोकेर ठेक्का सम्झौता भएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाइ र १८ सय मिटर लम्बाइको कालोपत्रे धावनमार्ग छ।झण्डै २२ करोड रुपैयाँ लगानीमा धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २/२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना रहेको छ।

 

प्रकाशित: १ मंसिर २०७६ ०६:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App