१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन करोडको लागतमा डिप ट्युबवेल

काठमाडाैँ – भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्साले रु तीन करोड ५० लाखको लागतमा यस वर्ष १७ वटा डिप ट्युबवेल जडान गरी विभिन्न स्थानमा सिँचाइ सुविधा पु¥याएको छ ।

प्रदेश नं २ सरकारको निःसर्त अनुदान कार्यक्रमअन्तर्गत बारा र पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा उक्त डिप ट्युबवेल निर्माण गरिएको कार्यालयको प्राविधिक शाखाले जनाएको छ ।

कार्यालयका अनुसार बाराका ११ र पर्साका छ स्थानमा डिप ट्युबवेल जडान गरिएको हो । उपभोक्ता समितिमार्फत गरिएको उक्त कार्यबाट ४२५ बिगाहा जमीन सिञ्चित भइरहेको बताइएको छ ।

ती डिप ट्युबवेल पर्साको वीरगञ्ज उपमहानगरपालिका–२, पोखरिया, बगही,  निचुटा र धोवनीमा तथा बाराको फेटागाउँ, विश्रामपुर, पचरौता, गञ्जभवानीपुर, स्वर्ण गाउँपालिका, तेलकुवाँ र प्रष्टोकामा निर्माण गरिएको हो । एउटा डिप ट्युबवेलमा करिब रु २० लाख खर्च लाग्ने गरेको कार्यालयले जनाएको छ ।

प्रकाशित: १ मंसिर २०७६ ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App