coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राजसंस्थाको माग गर्दै सत्याग्रह

काठमाडाैँ – राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा सत्याग्रह सुरु गरिएको छ । स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने मागसहित काठमाडौंको शान्ति वाटिकामा आइतबार बिहान ८ बजेबाट ७२ घण्टे सत्याग्रह सुरु गरेका हुन ।

पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलदेवी शाहको तस्विर अंकित ब्यानरसहित सूरु गरिएको सत्याग्रहमा पूर्व राजावादी तथा शिव सेना नेपालमा आवद्ध अगुवाहरुको सहभागिता रहेको छ ।

मुलुकको निकास र विकासका लागि ९५ प्रतिशत नागरिकहरु हिन्दु रहेको मुलुकमा हिन्दु राष्ट्र पुनस्र्थापना र नेपालको निकास तथा विकासका लागि राजसंस्था कायम गर्न माग गर्दै सत्याग्रह सुरु गरिएको शिव सेना नेपालका केन्द्रीय सदस्य चीरणवीर प्रताप खड्काले जानकारी दिए ।

उनले भारत तथा चीन दुवै मुलुकबाट नेपालको सुरक्षा खतरा औंल्याउँदै सचेत रहन सरकारलाई दवाव दिन पनि सो सत्याग्रह सुरु गर्नु परेको बताए । समाजले सो सत्याग्रहलाई सफल बनाई मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सहयोग गर्न पनि सबैलाई आह्वान गरेको छ ।

प्रकाशित: १ मंसिर २०७६ ०६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App