coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

सांकेतिक तस्विर

काभ्रे– रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको  छ।

मृत्यु हुनेमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–६ घर भई पुरानो बानेश्वर काठमाडौँमा बस्ने १९ बर्षीया अनुपमाकुमारी राउत रहेको प्रहरीले जनाएको छ। स्कुटर चालक  गोपाल बोहरा भने घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७५८२ नम्बरको स्कुटर खाल्टो छलाउने क्रममा दुर्घटनामा परेको थियो।

स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा दुवै घाइते भएका थिए। घइतेलाई तत्काल धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि नर्भिक अस्पताल काठमाडौँ पठाएको हो।

उपचारका क्रममा आइतबार  बिहान ३ः०० बजेतिर मृत्यु भएको हो। घाइते रामेछाप मन्थलीका बोहोराको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १ मंसिर २०७६ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App