१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

शरदको उत्कृष्ट ब्याटिङमा नेपाल विजयी

काठमाडाैं – शरद भेषावकरको उत्कृष्ट ब्याटिङप्रेरित नेपालले बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कपमा पहिलो जित हात पारेको छ।

शनिबार  समूह ‘ए’ को  दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले हराएको हो। नेपालले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याएको हङकङ ४६.५ ओभरमा मात्र १ सय ७७ रनमा सीमित भएको थियो।तेस्रो ओभरको अन्तिम बलमा करण केसीले हङकङका ओपनर क्यामरुन म्याकऔस्लानलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै नेपालाई पहिलो सफलता दिलाएका थिए।

पाँचाैं ओभरको पाँचाैं बलमा करणले नै आशान अब्बासीलाई विकेटकिपर विनोद भण्डारीबाटै पवेलियनको बाटो देखाएका थिए।४७–७ को स्थितिमा छैटाैं विकेटका लागि किञ्चित शाह र हार्र्नोन आर्सदले ६२ रनको साझेदारी गर्दै हङकङको इनिङ उकास्ने प्रयास गरेका थिए।

८० बलको सामना गरेका किञ्चितले ३ चौका र १ छक्काको मद्दतमा ५३ रनको योगदान गरे। त्यस्तै इशान खानले ५३ बलमा २ चौका र ३ छक्काको मद्दतमा अविजित ४४ रन बनाए। आर्सदले २६ रन जोडे। नेपालका करण केसी र अविनाश बोहोराले समान ३ विकेट लिँदा सुशन भारीको नाममा २ विकेट रह्यो।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल निर्धारित ५० ओभरमा २ सय १७ रनमा अलआउट भएको थियो। पहिलो ओभरको दोस्रो बलमा ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ललाई रन खाता नखोल्दै गुमाएको नेपालले १ रन जोडेका अर्का ओपनर कुशल भुर्तेललाई पनि तेस्रो ओभरको पहिलो बलमा गुमायो। ३–२ को स्थितिमा ब्याटिङका लागि आएका शरद र उपकप्तान दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि ८५ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए।

६७ बल खेलेका दीपेन्द्रले ३ चौका मद्दतमा ३७ रन जोडे। शरद र आरिफ शेखले चौथो विकेटका लागि ७४ रनको साझेदारीका साथ नेपालको इनिङ सम्मानजनक योगफलतर्m उकासेका थिए। शरदले १ सय ३९ बलमा ९ चौका प्रहार गर्दै ८९ रनको योगदान गर्दा आरिफले ४८ बलमा समान ३ चौका र छक्काबाट ४२ रन बनाए। करणको नाममा १५ रन रह्यो। यसअघि पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले निराश भएको थियो। शरदले १ सय ३९ बलमा ९ चौका प्रहार गर्दै ८९ रनको योगदान गरेका थिए।

 

प्रकाशित: १ मंसिर २०७६ ०४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App