७ वैशाख २०८१ शुक्रबार
अर्थ

रोग नियन्त्रणमा स्थानीय तहको साथ खोजिँदै

बनेपा – काभ्रेपलाञ्चोक जिल्लास्तरीय बर्डफ्लू रोग नियन्त्रण प्राविधिक समिति (डाइटेक)को बैठकले पन्छीजन्य रोगलाई जिल्ला भित्रन नदिन विभिन्न कार्ययोजना बनाएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा जिल्लाका चारैवटा सुरक्षा निकायसहित कुखुरा, दाना, चल्ला, अण्डा र मासु व्यवसायी सम्मिलित डाइटेकको बैठकले रोगमुक्त प्रमाण भएका कुखुरा, चल्ला, अण्डा र पन्छीजन्य पदार्थमात्र जिल्ला भिœयाउन दिने निर्णय गरेको हो।

यस्तै, विगतको बैठकले बिपी राजमार्गको मंगलटार र अरनिको राजमार्गको साँगा नाकामा स्थापना गरिएको भेटरीनरी चेक पोष्टहरुलाई पनि निरन्तरता दिने निर्णय गरेको छ। साथै ती नाकाबाट कुखुरा तथा कुखुराजन्य पदार्थ भित्रने क्रममा पशु ढुवानी मापदण्डअनुसारको भेटेरिनरी प्रमाणपत्र भएको यकिन गरेर मात्रै कुखुरा, चल्ला, अण्डा र कुखुराजन्य पदार्थलाई भित्रन दिइने निर्णय गरेको छ।

‘राजमार्ग भएका गाउँ÷नगरपालिकाहरुलाई भेटेरिनरी चेक पोस्टका लागि जनशक्ति र अन्य सहयोग गरिदिनका लागि अनुरोध गर्दै आएका छौं। अन्य पालिकाहरुमा पनि पक्षीजन्य रोगहरुको सर्भेलियन्सलगायत कामलाई महत्व दिनका लागि अनुरोध गर्ने भएका छौं,’ केन्द्रका प्रमुख डा. मोगलप्रसाद शाहले भने।

पशु सेवा विभागले काभ्रे जिल्लालाई बर्ड फ्लूको मध्यम जोखिम जिल्लाको रुपमा राखेको छ। तर, काभ्रेको सिमाना सिन्धुलीसँग जोडिएको र बनेपा–सिन्धुली–बर्दिवास राजमार्ग हुँदै तराईबाट कुखुरा र कुखुराजन्य पदार्थ ओसारपसार हुने भएकाले जोखिम बढ्दो अवस्थामा रहेकाले व्यवसायीले चिन्ता व्यक्त गर्दै आएका छन्।

‘यतिखेर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा विगतको झैं बजेट र कार्यक्रम नभएको पायौं। हामी व्यवसायी मिलेर कुखुरापालन व्यावसायिक बनेका गाउँ÷नगरपालिकामा सचेतना कार्यक्रम लिएर जाँदैछौं,’ पोल्ट्री व्यवसायी मञ्च–नेपालका महासचिव दयाराम महतले भने, ‘कुखुरापालन व्यवसायमा सबैभन्दा महत्वपूर्ण मानिएको जैविक सुरक्षा (बायो–सेक्युरिटी)मा विशेष जोड रहनेछ। यसका निम्ति कुखुराको खोरमा निसंक्रामक (डिस्इन्फेक्टेन्ट) औषधि छर्ने, जथाभावी खोरभित्र आवतजावत नगर्ने, कुखुराको प्रत्यक्ष सम्पर्कमा आइरहने हेरालु र प्राविधिकलाई पर्याप्त सुरक्षा सावधानी अपनाउनु पर्छ भनेर सन्देश पठाउने योजना बनाएका छौं। साथै स्थानीय पत्रिका र एफएमबाट यसबारे जनचेतना फैलाउने निर्णय गरेको छौं,’ उनले थपे। तथ्यांक विभागको आर्थिक वर्ष ०७१÷७२ को पोल्ट्री गणनाले काभ्रे जिल्लालाई लेयर्स र ब्रोइलर कुखुरापालनमा चितवनपछिको दोस्रो जिल्लाको रुपमा उल्लेख गरेको छ।

प्रकाशित: १ मंसिर २०७६ ०३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App