६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

ट्रम्पलाई बनायो टाइम म्यागेजिनले 'पर्सन अफ द इयर'

वासिंगटन– अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चर्चित ताई म्यागेजिनले वर्ष व्यक्ति(पर्सन अफ द इयर) घोषणा गरेको छ। अनलाईन सर्वेमा प्राप्त मतअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘पर्सन अफ द इयर’ चुनिने सम्भावना थियो। तर यसको अन्तिम फैसला म्यागेजिनको सम्पादक मण्डलले गर्ने गर्छ।

टाइम म्यागेजिनले हरेक वर्ष डिसेम्बरमा त्यस्तो व्यक्तिलाई पर्सन अफ द इयर घोषणा गर्ने गरेको छ, जो आफ्ना कामका कारण सालभरी नै अरबार तथा मिडियामा छाइरहन्छन्। गत वर्ष जर्मन चान्सलर एंजेला मार्केललाई यो उपाधि टाइमले दिएको थियो।

यस वर्ष वर्ष व्यक्तिको दौडमा अमेरिकी जिम्नास्ट साइमन बाइल्स, तुर्कीका राष्ट्रपति रिसेप तइप एरदोगन, रुसी राष्ट्रपति भ्लादमिर पुटिन र फेसबुक संस्थापक मार्क जुकरबर्गको नाम सामेल गरिएको थियो।

प्रकाशित: २२ मंसिर २०७३ १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App