१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘थ्रिजी’ सेवा सुधारको गर्न माग गर्दै मन्त्रालयमा डेलिगेसन

खोटाङ– खोटाङबासीले नेपाल टेलीकमको नमस्ते तथा सिडिएमए स्काई मोबाईलको ‘थ्रिजी’ सेवा सुधार गर्न माग गरेका छन्। लामो समयदेखि ‘थ्रिजी’ सेवा नचल्दा सेवाग्राही मारमा परेको भन्दै जिल्लाबासीले सुचना तथा सञ्चार मन्त्रालय पुगेर ‘थ्रिजी’ सेवाको गुणस्तर सुधार गर्न माग गरेका हुन् ।

‘थ्रिजी’ सेवा नचल्दा भ्वईस कल, भिडियो कल र ईन्टरनेट सेवाबाट ग्राहक बञ्चित बनेकाले यसको गुणस्तर सुधारको माग गर्दै मन्त्रालयमा डेलीगेसन गएको एमालेका बैकल्पीक केन्द्रीय सदस्य राजन राईले बताए । एमाले खोटाङ–काठ्माण्डौं सम्पर्क मञ्चको समन्वयमा मन्त्रालय पुगेको जिल्लाबासीको टोलीले सञ्चार सचिव दिनेश थपलीयलाई भेट गरेर हप्ता दिनभित्र ‘थ्रिजी’को गुणस्तरमा सुधार नआए टेलीकमको दिक्तेलस्थित शाखा कार्यालय कब्जा गर्ने चेतावनी दिएका छन् । सञ्चार सचिव थपलियाले हप्ता दिनभित्र जिल्लाको ‘थ्रिजी’ सेवामा प्रभावकारी सुधार गर्ने आश्वसन दिएपछि डेलीगेसन टोली फर्किएको छ ।

‘थ्रिजी’मा देखिएको समस्याका बिषयमा डेलिगेसन पुगेपछि सचिव थपलीयले टेलिकमको दिक्तेलस्थित कार्यालय प्रमुख भरोसी शाह र पुर्वाञ्चल कार्यालयलाई फोन गरेर दुई दिनभित्र समस्या सुधारकालागि निर्देशन दिएका छन् ।

‘थ्रिजी सेवा नचलेको गुनासो लिएर मन्त्रालय पुगेका थियौँ, हाम्रो गुनासो सुनेपछि सञ्चार सचिवले तत्काल दिक्तेलमा फोन गर्नुभयो,’ बैकल्पीक केन्द्रीय सदस्य राईले भने, ‘दिक्तेल शाखाबाट पुर्वाञ्चल कार्यालयलाई देखाएपछि उहाँले पुर्वाञ्चलकै प्रमुखलाई फोन गरेर समस्या हल गर्नकालागि निर्देशन दिनुभएको छ ।’ नमस्ते तथा सिडिएमए स्काईमा थ्रिजी नचलेपछि सेवाग्राही इन्टरनेटकालागि एनसेलको महंगो डाटा प्रयोग गर्न बाध्य छन् । नेपाल टेलीकम र एनसेलको भम्स (रिचार्ज गर्ने मेसिन) एउटै भएकाले टेलिकमका कतिपय कर्मचारी र एनसेलको मिलेमतोका कारण नमस्ते तथा सिडिएमए थ्रिजी नचलेको राईले दाबी गरे ।
‘थ्रिजी’ सर्भिस नेपाल टेलीकमको दिक्तेलस्थित कार्यालय आसपासमा मात्र सामान्य मात्रामा चल्ने गरेको उपभोक्ताको भनाई छ । चलेका ठाउँमा पनि अति नै ‘स्लो स्पीड’मा चल्ने गरेको छ । एडिएसएल इन्टरनेट समेत क्षमता अनुशार स्पीड नभएको सेवाग्राहीको गुनासो छ । लामो समयदेखि थ्रिजी सेवा नचलेको भन्दै गत भदौ २९ उद्योग बाणिज्य संघ र खोटाङ एकता सेवा समाजका पदाधिकारीले नेपाल टेलीकमको दिक्तेलस्थित कार्यालयमा सुधारकालागि ध्यानाकर्षण गराएका थिए ।

टुजी मोबाईलमा टावर नभएको समयमा र ल्याण्डलाईन फोन नचलेको बेलामा समेत थ्रिजी सेवा सुचारु हुनेभएकाले पछिल्लो समय थ्रिजी सर्भिसका सेवाग्राही बढ्दो छ । थ्रिजी सेवा अन्तरगत सिडिएमएका सेवाग्राहीले समेत मोवाईल वा इभिडीयो मोडियमबाट सहज तरिकाले ईमेल ईनटरनेट चलाउने गरेका छन् । एक सय केविपियस क्षमताको इन्टरनेट चलाउँदा प्रतिमिनेट २५ पैसा मात्र व्यालेन्स काटिने भएकाले पनि ईन्टरनेट चलाउन थ्रिजी सर्भिस एक्टिभ गराउनेको संख्या बढ्दै गएको टेलीकमले जनाएको छ । नेपाल टेलिकम साखा खोटाङले छोटो समयमै जिल्लाका २ हजार भन्दा बढि सेवाग्राहीले थ्रिजी सेवा सूचारु गराइसकेका छन् ।

‘थ्रिजी’ सेवा बिशेषगरी सामाजिक सञ्जाल चलाउन र अनलाईन हेर्नकालागि बढि मात्रामा उपयोग गर्ने गरिएको छ । महिनौंदेखि टेलीकमको कार्यालयबाट टाढा जाने बित्तिकै ‘थ्रिजी’ कनेक्ट नहुने समस्या छ । नमस्ते मोबाईलमा सदमुकाम दिक्तेल र हलेसीमा मात्र थ्रिजी सेवाको व्यवस्था छ । सिडीएमएमा भने स्काई मोवाईल सञ्चालन हुने जिल्लाका जुनसुकै स्थानमा थ्रिजी चलाउन सकिने टेलीकमले जनाएको छ ।

प्रकाशित: २२ मंसिर २०७३ १३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App