coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

एपेकमा कविता वाचन

काठमाडौं – एपेक नेपालले आयोजना गरेका कार्यक्रममा विभिन्न कविहरुको कविता वाचन गरेका थिए। शनिबार राजधानीमा आयोजित कार्यक्रममा एपेक नेपालले साहित्य क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई सम्मान समेत गरेको थियो। कार्यक्रममा कवि रुपक श्रेष्ठ, राज श्रेष्ठ, गोविन्द गिरी, प्रेम भट्टराई र कला भट्टराईलाई सम्मान गरिएको थियो। सम्मानित स्रष्टाहरुले कार्यक्रममा विभिन्न विषयका कविता वाचन गरेका थिए। त्यसबाहेक प्रेम भट्टराई तथा कला भट्टराईले गीत गाएका थिए।

कार्यक्रममा बोल्दै एपेकका अध्यक्ष कवि विश्व श्रेष्ठले विभिन्न विषयमा कविता लेख्ने स्रष्टाहरुलाई एक थलोमा जमघट गराएर कविता वाचन गराएको बताए। ‘विदेशमा बस्दै आएका नेपाली स्रष्टाहरूलाई स्वागत गर्दै उनीहरुका रचनामा मुलुकप्रतिको माया अभिव्यक्त हुँदै आएको छ,’ उनले भने। कार्यक्रममा सहभागी प्राज्ञ माया ठकुरी, लक्ष्मी माली, स्नेह सायमी, किशोर पहाडी, पवन आलोक, श्रीओम रोदन र राजेन्द्र शलभ लगायतले आ–आफ्नो धारण राखेका थिए।

प्रकाशित: १ मंसिर २०७६ ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App