८ वैशाख २०८१ शनिबार
अर्थ

साप्सु खोलामा मोटरेबल पुल शिलान्यास

साप्सु खोलामा पक्की पुल शिलान्यास गर्दै सांसद बिशाल भट्टराई। तस्बिरः दमन राई

खोटाङ– खोटाङको साप्सु खोलामा मोटरेबल पक्की पुल निर्माण सुरु गरिएको छ । नेपाल सरकार स्थानीय पुर्वाधार बिकास तथा कृषि सडक बिभागको २ करोड ३० लाख ३६ हजारको लागतमा दिक्तेल–खोटाबजार सडक अन्तरगत साप्सु खोलामा पुल निर्माणको काम सुरु गरिएको हो।

दिक्तेल नगरपालिका–१० र मात्तिम जोड्ने ३० मिटर लम्बाई भएको पक्की पुल सांसद बिशाल भट्टराईले बुधबार शिलान्यास गरेका हुन् । १८ महिनाभित्र पूरा गर्नेगरी गजुरमुखी हरिहरी निर्माण सेवा जेभीले गत बैसाखमा पुल निर्माणको सम्झौता गरेको जिल्ला प्राबिधिक कार्यालय खोटाङका डिई राजु श्रेष्ठले बताए ।

शिलान्यास लगत्तै पुलको पिल्लरकालागि जग उठाउने, फलामका सामग्री ढुवानी गर्ने लगायतका काम सुरु गरिएको ठेकेदार कम्पनीले जनाएको छ । पुल आगामी असार मसान्तभित्रै पूरा गर्ने गजुरमुखी हरिहरी निर्माण सेवा जेभीका प्रतिनिधि श्याम पोखरेलले शिलान्यास कार्यक्रममा प्रतिबद्धता जनाएका छन् ।

पुल निर्माण भएपछि दिक्तेल–खोटाङबजार सडकमा आवतजावत गर्न सहज हुनेछ । पुर्वसांसद कुलप्रसाद फुयाँलले जिम्मा लिएको पुल अलपत्र नपार्न ठेकेदारलाई सुझाव दिए । बेलायती सरकारको सहयोगमा ग्रामीण पहँुच कार्यक्रम (¥याप) ले ११ वर्ष लगाएर २०६९ साल असारमा पूरा गरेको ७४ किलोमिटर लामो हरित सडक साप्सु र तावा खोलामा पुल नहुँदा हालसम्म उपयोग बिहिन बनेको छ । साप्सु र तावा खोलामा पुल बने दिक्तेल–खोटाङबजार सडक सञ्चालनमा आउने छ ।

 

प्रकाशित: २२ मंसिर २०७३ १३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App