coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संविधान कार्यान्वयन गर्न संशोधन आवश्यकः मन्त्री खाँड

कपिलवस्तु– रक्षामन्त्री बालकृष्ण खाँडले संविधानको पूर्ण कार्यान्वयनका लागि संविधानको संशोधन आवश्यक रहेको बताएका छन्। आन्दोलनरत मधेसबादी, आदिबासी जाजातिलगायतलको भावना नसेटी देशमा स्थायी शान्ति नहुने भन्दै अब संविधान कार्यान्वयका लागि ढिलाइ गर्न नहुने बताए।

देश विकासको लागि स्थायी शान्ति आवश्यक रहेको बताउँदै खाँडले यसका लागि सबै दल मिल्नुको विकल्प नरहेको बताए। दोश्रो जनआन्दोलन, १२ बुँदे सम्झौता, पहिलो र दोश्रो संविधानसभा निर्वाचन र संविधान जारी हुने क्रममाा पटक पटक देशमा अस्थिरता मौलाउदा दलहरु मिलेरै शान्ति कायम गर्न सफल भएको बताउँदै रक्षामन्त्री खाडँले अहिले पनि सबै दल मिलेरै अघि बढ्नुको विकल्प नरहेको दाबी गरे। बुधबार बाणगंगामा आयोजित आठौं कपिलवस्तु महोत्सव उदघाटन गर्दै काँग्रेस नेता खाँडले संविधान शंशोधनको मुद्धा आवश्यक्ता भन्दा बढि अपव्याख्या गरिएको तर्क दिए।

‘अन्तरिम संविधानमै व्यवस्था भएको अंगीकृत नागरिकता र भाषागत विषय अहिलेको संविधानमा राख्न किन आपत्ती’ उनले प्रश्न तेर्साए । संविधान घोषणा अगावै कांगे्रस, एमाले, राप्रपा लगायतका केहि स्वतन्त्र दलले नवलपरासी देखि बर्दिया सम्मको एउटा प्रदेश सहमतिमा हस्ताक्षर गरेको दाबी गर्दै खाँडले भारतको इशारामा संशोधन प्रस्ताव दर्ता गरिएको भन्ने आरोप पुर्ण तया मिथ्या रहेको बताए । मधेशको राष्ट्रिय अखण्डता, सार्वभौमताको रक्षा मधेशी, हिमालको सीमाको शेर्पाहरुले गरेको भन्दै संशोधन प्रस्ताव पारित भएमा एक इन्च पनि राष्ट्रियता खतरामा नपर्ने उनले दाबी गरे ।  

‘संविधान पूर्ण कार्यान्वयनकै लागि संशोधन प्रस्ताव दर्ता गरेका हौ,’ उनले भने। प्राप्त उप्लव्धि रक्षा र स्थायी शान्ति कायम गर्न संविधान कार्यान्वयन हुनुपर्ने रक्षामन्त्रीले जिकिर गरे । देशको तिब्र विकासको लागि हिमाल, पहाड तराई मिल्नुको विकल्प नरहेको खाडको भनाई थियो । आफूले पार्टीको संस्थागत निर्णयको पक्षमा रहेको उनले स्पष्ट पारे। कार्यक्रममा सभासद अतहर कमालले एमालेले भोट बैंक बढाउने उद्देश्यका साथ साम्प्रदायिक सद्भाव विथोल्ने कार्य गरेको आरोप लगाए। संविधान संशोधन वर्तमान आवश्यक्ता भएको दाबी गर्दै उहाले सदनमै छलफल गरि अघि बढनु पर्ने बताए ।

नेपाली सेनाको हेलिकोप्टरबाट आएका रक्षामन्त्री खाड आजै कार्यक्रम सकेर गृहजिल्ला रुपन्देही गएका छन्। महोत्सव मंसिर २२ देखि पुस ३ गतेसम्म सञ्चालन हुने र २ लाख बढिले अवलोक गर्ने आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद भट्टराईले जानकारी दिए।  

प्रकाशित: २२ मंसिर २०७३ १३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App