८ वैशाख २०८१ शनिबार
राजनीति

संविधान संशोधन केपी ओलीकै प्रस्ताव होः प्रधानमन्त्री दाहाल

धनगढी–  प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताएका छन्। अहिले संसदमा दर्ता गरिएको संविधान शंसोधनको प्रस्ताव एमालेका अध्यक्ष केपी ओलीकै प्रस्ताव भएको उनले जिकिर गरे।

बुधवार सुदुरपश्चिम महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाले असहमत पक्षलाई पनि समेटेर राष्ट्रलाई एकतावद्ध बनाई चुनाव गराउने उदेश्यले संविधान संशोधनको प्रस्ताव ल्याएको बताए।
‘देशलाई एकता बद्ध गरेर चुनाव गराउन संविधान संशोधन प्रस्ताव ल्याएको हुँ,’ उनले भने, ‘यो प्रस्ताव फिर्ता हुँदैन, परिमार्जन गर्न सकिन्छ।’

अहिले संविधान संशोधन प्रस्तावमा ५ नम्बर प्रदेशको सीमांकन केपी ओलीकै प्रस्तावअनुसार भएको उनले दाबी गरे। नेपाली काँग्रेस र एमालेको सरकारका हुदाँ सीमांकनका बारेमा जे प्रस्ताव भएको थियो, त्यही प्रस्ताव परिमार्जन गरेर पेश गरेको उनले बताए। ओलीको संयोजकत्वमा बनेको सहमतीले पहाड र तराईकाबारेमा जे प्रस्ताव गरेको थियो त्यहीलाई आधार बनाएर शंसोधन प्रस्ताव पेश गरेको उनको भनाई छ।

‘ओलीजीले गर्दा त्यही प्रदेश राम्रो हुने, प्रचण्डले गर्दा राष्ट्रवाद नहुने हुदैन,’ उनले भने। तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको १ र केपीओलीको ७ ठाउँमा प्रस्तावमा हस्ताक्षर रहेको उनले बताए ।

प्रकाशित: २२ मंसिर २०७३ १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App