१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बीस लाख पर्यटक भित्र्याउँछौँ : मन्त्री भट्टराई

काठमाडाैँ – संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष सन्  २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी अभियान अगाडि बढाएको बताएका छन्।

कावासोती नगरपालिका–१५ मा तराई भूपरिधि (ताल) परियोजना र कावासोती नगरपालिकाद्वारा निर्मित मुसहर सुरक्षित आवास कार्यक्रमअन्तर्गत घर हस्तान्तरण तथा घरबास (होमस्टे) उद्घाटन कार्यक्रममा मन्त्री भट्टराईले हाल करीब १३ लाख पर्यटक नेपाल भित्रिएको जानकारीदिए। उनले घरबासको स्तर वृद्धि गर्नका लागि आग्रह गर्नुभयो। मन्त्री भट्टराईले स्थानीय उत्पादन प्रयोगमा जोड दिए।्र

“घरबासले स्थानीय उत्पादन र संस्कृति संरक्षणमा सहयोग पु¥याएको छ, यसलाई थप व्यवस्थित बनाउन स्थानीय उत्पादनमा जोड दिनुपर्छ”, मन्त्री भट्टराईले भने।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र भरतपुर विमानस्थलको विस्तारले बाह्य पर्यटक बढाउन मद्दत पुगेको बताए। सो अवसरमा मन्त्री भट्टराईले बोटे समुदायद्वारा सञ्चालित घरबासको उद्घाटन गरे। तराई भूपरिधि कार्यक्रमले कावासोती–१५ मा सुरक्षित आवास कार्यक्रमअन्तर्गत २२ घर तथा कावासोती नगरपालिकाले १४ घर निर्माण गरिएको छ।

प्रकाशित: ३० कार्तिक २०७६ १३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App