सर्लाही- सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित राजदेवी मन्दिर ईलाकाबाट हिजो एपीएफ टोलीले चारीपैठारीको लत्ताकपडा बरामद गरेको छ।
भारतबाट अवैध रुपले मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश मलंगवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।
एपीएफ टोलीले बरामद लत्ताकपडा तथा उक्त मोटरसाइकल भन्सार कार्यालय मलंगवामा बुझाएको छ। बरामद लत्ताकपडा तथा मोटरसाइकलको भन्सार मूल्य करिव एक लाख ५४ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रकाशित: ३० कार्तिक २०७६ ११:५१ शनिबार