४ वैशाख २०८१ मंगलबार
कला

सीमा अतिक्रमणविरुद्ध स्रष्टा

काठमाडौं– भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्शाको विरोधमा सर्जकहरु सडकमा निस्किएका छन्। 

नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतीय नक्शामा समावेश गरिनुले नेपाली सार्वभौमिकतामाथि हस्तक्षेप उनीहरुले बताएका छन्। नक्शाकोे विरोध गर्दै स्रष्टाहरु चरणबद्धरुपमा सिर्जनासहित सडकमा निस्किएका हुन्। 

सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको विरोधी लेखकीय मोर्चाका रुपमा स्थापित प्रगतिशील लेखक सङ्घले ‘सीमा अतिक्रमणविरुद्ध स्रष्टाहरु २०७६’ अभियानको घोषणासहित आइतबार काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा प्रदर्शन तय गरेको छ।

सङ्घका अध्यक्ष डा.जीवेन्द्रदेव गिरीले कविता, गीत, नृत्यसहित आफूहरु सीमा अतिक्रमणको विरोधमा उत्रन लागेको जानकारी दिए। यसअघि सत्तारुढ नेकपा निकट जनसांस्कृतिक महासङ्घ नेपालले गत साता सोही स्थलमा साहित्यिक प्रस्तुति गरेको थियो। रासस

प्रकाशित: ३० कार्तिक २०७६ ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App