संविधान संशोधनको विषयमा पार्टीभित्र छलफल भएको हो: वरिष्ठ नेता पौडेल

बुधबार, २२ मङि्सर २०७३, १६ : ३२ नागरिक

काठमाडौँ- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विद्यमान राजनीतिक समस्याको निकास दिन दलबीच एकता आवश्यक रहेको बताएका छन्। दश दिने जापान भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले देश सबै राजनीतिक पार्टीको भएकोले अहिलेको समस्यालाई निकास दिन सबै पार्टी एकजुट हुनुपर्ने बताएका हुन्।

'हिमाल, पहाड र तराईका बासिन्दामा सहज वातावरण बनाउन दलहरु जिम्मेवार हुनुपर्छ,” उनले भने। संविधान कार्यान्वयन र तीनवटै तहको निर्वाचन सम्पन्न गर्न सबै दल जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । पछिल्लो समय संविधान संशोधनका कुरालाई लिएर विभिन्न खालका टिका टिप्पणी भएकोप्रति लक्षित गर्दै नेता पौडेलले शब्दको दुरुपयोग गरेर मुलुक अगाडि बढ्न नसक्ने बताए।

संविधान संशोधनको विषयमा पार्टीभित्र छलफल भएको उनले बताए। संविधान निर्माण भएको र यसलाई कार्यान्वयन गरेर विकासको बाटोमा अगाडि नबढे मुलुकमा खतरा आउनसक्ने पौडेलको भनाइ थियो । आफ्नो जापान यात्राले नेपाल–जापान सम्बन्ध झन बलियो भएको उनले बताए। रासस








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad